SamwadKhabar logo

               

खेलकूद

महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने

Pramila Bhujel

Pramila Bhujel

महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने
फागुन २२, काठमाडौं । सोमवार बसेको बैठकअनुसार अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । बैठकअनुसार सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्ने छ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुने छ । यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने एन्फा महासचिव किरण राईले जानकारी दिए । सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिम सहभागी हुने छन्। यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए । यसबारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने छ। एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रुपमा रहनेछन् । आगामी मे–जुनमा हुने मुख्य लिगमा पहिलो चरणबाट छनोट भएका ३ र तीन विभागीय टोली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एन्फाले सहभागी टोलीलाई आवश्यक तयारी र टिम छनोटका लागि नगद एक लाख प्रदान गर्ने निर्णय गरेको छ । कर्णाली खेलकुद विकास परिषद्ले प्रतियोगिताको लागि समन्वय गर्ने एन्फाले जनाएको छ । एन्फाले च्यासलमा रहेको च्यासल रंगशालमा महिला युथ इलाइट एकेडेमी स्थापना गर्ने निर्णय पनि गरेको छ । जहाँ महिला यू–१६ टिमका खेलाडी र टिममा नपरेका अन्य खेलाडीहरु छनोट गरेर राखिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘मिसन फिफा वुमन्स विश्वकप २०२७र३१ को तयारी स्वरुप यो एकेडेमी स्थापना गर्न लागिएको हो । यो राष्ट्रिय टिमको ब्याकअफ तयार पार्ने स्थान पनि हुनेछ,’ राईले भने । त्यसमा ३० देखि ४० खेलाडी छनोट गरेर राख्ने राईले जानकारी दिए । एन्फाको योजनाअनुसार रौतहटमा पनि महिला एकेडेमी सञ्चालन गर्ने त्यसमा यू१४ लेभलको ३० खेलाडी राख्ने छ । यस्तै एन्फाले धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बात्सला देवी सेकेण्डरी स्कुलमा पुरुष फुटबल सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको छ । हरेक एकेडेमीमा करिब ३० खेलाडी राख्ने एन्फाको योजना छ ।

ताजा

सबै

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …

तेह्रथुममा ढाका महोत्सव सुरु

जेठ ४, काठमाडौं । तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्…

कपनबाट पेस्तोलसहित १ जना पक्राउ

जेठ ४, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका११ कपन पैंयुटारबाट पेस्तोलसहित प्रहरीले एक …

गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

जेठ ४, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामि…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…