SamwadKhabar logo

               

प्रदेश

नापतौलमा ठगी गर्ने चार हजार बढी व्यवसायीलाई कारवाही

Pramila Bhujel

Pramila Bhujel

नापतौलमा ठगी गर्ने चार हजार बढी व्यवसायीलाई कारवाही
फागुन २३, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष (आव) को छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।कार्यालयका प्रमुख राकेशकुमार झाले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आम उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको बताए । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ, त्यस्तालाई हामीले कारबाहीको दायरामा ल्याएका छौं,’ उनले भने । कार्यालयले पछिल्लो समय व्यापारीको सहजताका लागि ‘डोर टू डोर’ अभियानसमेत सञ्चालन गरिरहेको छ । ‘डोर टू डोर’ अभियानअन्तर्गत कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान गर्ने, अनियमित गर्नेलाई कारबाही गर्ने, जाँच नवीकरण गर्नेलगायत काम गर्दै आएको कार्यालय प्रमुख झाले बताए । कार्यालयले साउनदेखि पुस मसान्तसम्म एक हजार तीन सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गरेको छ । यसैगरी, चार हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, एक सय दुई पेट्रोल पम्प जाँच र दुई हजार ६ सय १८ ट्याक्सी मिटर जाँच गरेको जनाएको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनलाई तीव्रता दिएको कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि ८० पटक एकल अनुगमन र ५२ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख झाले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताए । ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने । कार्यालयले चालु आवको छ महिनामा ९२ लाख ९८ हजार पाँच सय ९२ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी नौ जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । –रासस

ताजा

सबै

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक वि…

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

इलाम र बझाङ बाहेक अन्य जिल्लाहरूमा आजदेखि मतदाता नामावली दर्ता सुरू

इलाम र बझाङ बाहेक अन्य जिल्लाहरूमा आजदेखि मतदाता नामावली दर्ता सुरू

वैशाख ३, काठमाडौं । निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला …