SamwadKhabar logo

               

प्रदेश

योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै

Pramila Bhujel

Pramila Bhujel

योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै
फागुन २७, काठमाडौं । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीका अनुसार कम्तिमा १ सय जना पाकिस्तानी योग र ध्यानका लागि छिट्टै नेपाल आउने र यसले नेपालको पर्यटन प्रवद्र्धनमा मद्त पुग्ने छ। नेपाली राजदूत अधिकारीले उनीहरु योग र ध्यान सिक्न, प्रयोग गर्न र सीप विकास गर्न आउने तयारीमा रहेको बताए । यसअघि इस्लामावादस्थित नेपाली दूतावासले ‘विपश्यनाः तनाव व्यवस्थापन र राम्रो विश्वका लागि आन्तरिक शान्ति’ शीर्षकमा कार्यक्रम आयोजना गरी योग र ध्यानबारे प्रशिक्षित गरेको थियो । राजदूत अधिकारीले तक्षशिला र तख्त–१ बही र पाकिस्तानका अन्य ठाउँहरुमा विपश्वनाका प्रमाणहरुबारे जानकारी गराए । नेपालले लामो समयदेखि परम्पराका रुपमा अभ्यास गरिरहेको योग र ध्यान सबैका लागि उपयोगी हुने उनको भनाई थियो । उनले योगा र ध्यान अराजनीतिक, अधार्मिक र मानवको जीवन उपयोगी रहेको बताए ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

इलाम र बझाङ बाहेक अन्य जिल्लाहरूमा आजदेखि मतदाता नामावली दर्ता सुरू

इलाम र बझाङ बाहेक अन्य जिल्लाहरूमा आजदेखि मतदाता नामावली दर्ता सुरू

वैशाख ३, काठमाडौं । निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला …