SamwadKhabar logo

               

प्रदेश

मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन

Pramila Bhujel

Pramila Bhujel

मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन
फागुन २७, काठमाडौं । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले लामो समयदेखि सरकारसँग वार्ता भइरहे पनि आफ्ना मागहरू सम्बोधन नभएपछि मिटरब्याज पीडितहरूले आइतवार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए । मिटरब्याजका कारण आफ्नो घरबास नै उठेको बताउने ती पीडितको माग सम्बोधनका लागि वार्ता टोलीसमेत गठन भएको छ। टोलीका संयोजक अवधेश कुशवाहको संयोजकत्वमा गठन भएको टोलीले पटक-पटक सरकारी टोलीसँग वार्ता समेत गरेको छ। तर सत्ता समीकरणमा आएको फेरवदलका कारण उनीहरूको माग सम्बोधनका लागि भइरहेको वार्ता पनि प्रभावित भएको छ। यसअघिका वार्ता पनि निष्कर्षविहीन भएको र अब हुनुपर्ने वार्ता पनि प्रभावित भएपछि पीडितहरूले नयाँ तरिकाबारे सरकारप्रति सांकेतिक विरोध प्रदर्शनका कार्यक्रम गरेका हुन्। यसअघि यही फागुन २३ गते प्रदर्शन गर्नेक्रममा वार्ता टोलीका संयोजक कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

इलाम र बझाङ बाहेक अन्य जिल्लाहरूमा आजदेखि मतदाता नामावली दर्ता सुरू

इलाम र बझाङ बाहेक अन्य जिल्लाहरूमा आजदेखि मतदाता नामावली दर्ता सुरू

वैशाख ३, काठमाडौं । निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला …