SamwadKhabar logo

               

अर्थ व्यवसाय

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा छौँः मन्त्री ज्वालाकुमारी साह

Pramila Bhujel

Pramila Bhujel

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा छौँः मन्त्री ज्वालाकुमारी साह

चैत्र १२, काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् । साथै मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा रहेको र सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताइन् ।

सोमवार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उनले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको र किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिने गरी लागिपरेको बताइन् । सबै जना एकाकार भएर फौजी तरिकाले काम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने उनले दाबी गरिन् । ।

उनले भनिन्, ‘हामी किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा दिनरात मेहनत गरिरहेका छौँ । हुन त म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरूलाई पहिचानका लागि किसान परिचय पत्र दिने गरी लागेका छौँ । कम्तीमा हामी यो ०८० चलिरहेको छ, ०८१/०८२ भित्रमा किसानहरूलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रूपबाट हामीले सबै जना सहमत हुनुपर्छ ।’

मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन् । उनले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताइन् ।

उनले भनिन्, ‘सुन्तलाको हिसाबले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकि नेपालमा सुन्तला मिठो फलको रूपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब ५/६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दै छु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन् ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …