SamwadKhabar logo

               

खेलकूद

‘सोबर रिकवरि कप २०८०’ फुटसल टुर्नामेण्ट सम्पन्न, फस्ट स्टेप विजेता

Pramila Bhujel

Pramila Bhujel

‘सोबर रिकवरि कप २०८०’ फुटसल टुर्नामेण्ट सम्पन्न, फस्ट स्टेप विजेता

चैत्र २३, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा रहेको सोबर रिकवरि उपचार तथा पुनस्र्थापना केन्द्रले आयोजना गरेको ‘सोबर रिकवरि कप २०८०’ फस्ट स्टेप, टोखाले जितेको छ । यसगरी आयोजक सोबर रिकवरि उपचार तथा पुनस्र्थापना केन्द्र उपविजेता भएको छ ।

सोबर रिकवरि कप ५ए साइड फुटसल टुर्नामेण्टमा विभिन्न जिल्लाबाट २१ टिम सहभागि रहेका थिए । बिहिवार भएको प्रतिश्पर्धात्मक खेलमा फस्ट स्टेपले ४–३ गोलले नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो ।

विजेता फस्ट स्टेपले नगद रु १ लाख ५० हजार सहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भनें उपविजेता सोबरले नगद रु ७५ हजार सहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
यसैगरी, बेस्ट प्लेयर सोबरका कर्मा शेर्पा, हाइएष्ट स्कोरर सोबरका श्रीवीर लामा बेष्ट गोलकिपर फस्ट स्टेपका आकाश राई, बेष्ट डिफेन्स सोबरका रवि थापा मगर हुनु भयो । उहाँहरुलाई नगद ५ हजारका साथमा मेडल, सर्टिफिकेट र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

‘नशारहित पनि रमाउन सकिन्छ’ भन्ने नाराका साथ सोबरले बुधवार र विहिवार गोकर्णेश्वर–४ माकलबारीस्थित मनकामना फुटसलमा ‘फुटबल टुनामेन्ट’को आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन बुधवार प्रतिनिधिसभा सदस्य तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेले गर्नु भएको थियो भनें समापन नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रम सोबरका संस्थापक अध्यक्ष छिरिङ वाङ्दीको सभापतित्वमा भएको थियो । कार्यक्रममा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, गोकर्णेश्वर युवा तथा खेलकुद समितिका अध्यक्ष सञ्जय लामा, गोनपाका फुटबल संयोजक विकास राई, युवा समाजसेवी तथा समन्वयकर्ता निरज लामा, प्रहरी निरिक्षक राजु साहु, माया बुटिक होटलका सञ्चालक समित लामा लगायतको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा प्रतियोगिता सञ्चालन व्यवस्थापनका सहयोग गर्नेहरुलाई कर पत्र, मायाको चिन्हो प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन सञ्चारकर्मी सुस्मा लामाले गर्नु भएको थियो ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…