SamwadKhabar logo

               

धर्म संस्कृति

मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा

Pramila Bhujel

Pramila Bhujel

मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा

वैशाख २, काठमाडौं ।  नयाँ वर्षको स्वागतमा मधेशमा तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज  हर्षोल्लासका साथ  जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो। यो पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाउने गर्दछन् । यो पर्वलाई शीतलताको प्रतीक मानिन्छ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले आफूभन्दा सानालाई शिर (टाउको)मा जल थपथपाएर आशीर्वाद दिने चलन छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी आर्शीवाद दिंदै जुडशीतल मनाउने गरिन्छ ।

आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

आनको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी पनि खेल्ने गर्दछन् । घरघरमा सोइजननको तरकारी, करहीबरी, तरुवा लागत विशेष परिकार बनाएर खाने चलन जुडशीतलमा छ ।

जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ । मधेश सरकारले जुडशीतलमा सार्वजनिक बिदा छुट्याएको छ ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…