SamwadKhabar logo

               

धर्म संस्कृति

बौद्ध तेमाल जात्राको तयारी पूरा

Pramila Bhujel

Pramila Bhujel

बौद्ध तेमाल जात्राको तयारी पूरा

वैशाख ६, काठमाडौं । यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ ।   बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।  

प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यस वर्ष तेमाल जात्रा यही वैशाख १० गते जात्रा सम्पन्न गर्नका विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यस तेमाल जात्रा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङहरु आफ्ना दिवङ्गहरुको आत्माको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्यमा पूजाआजा गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो ।

जात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानमा बसोबास गर्ने तेमालहरुको उपस्थिति रहने आयोजकको भनाइ छ । सो जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।

जात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतलगायतका मुलुकबाट ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको भनाइ छ ।

बौद्ध महास्तूप धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको स्तुपा हो। सन् १९७९ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। – रासस

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…