SamwadKhabar logo

               

अर्थ व्यवसाय

वाईवाई चाउचाउ गुणस्तरमा फेल, २ लाख जरिवाना

Pramila Bhujel

Pramila Bhujel

वाईवाई चाउचाउ गुणस्तरमा फेल, २ लाख जरिवाना

वैशाख १४, काठमाडौं । चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेको हो।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ।

महानगरको अनुगमन निरीक्षक डा. अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा। झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए ।

परीक्षणबाट आएको प्रतिवेदनले चाउचाउमा एसिड भ्यालु १३.९३४ देखाएकाे थियाे । जबकी यसको भ्यालु १ एमजी भन्दा बढी हुन नहुने खाद्य प्राविधिक अनिल बस्नेत बताए ।  यसो हुनु भनेको तेलको गुणस्तर नभएको र यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देख्न सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए । 

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …