SamwadKhabar logo

               

शिक्षा

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

Pramila Bhujel

Pramila Bhujel

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, काठमाडौं । आफ्नै विधालयबाट नक्कली परीक्षार्थी खडा गराएर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार  आफ्नो भाइ सहित ५ जना नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको हो । 

पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको एसपी अधिकारीले बताए ।

यो विषयमा अनुसन्धानका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो । स्कुलले ५ जनाको नाममा भरेको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको थियो । यो विषयमा शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेको थियो । उजुरी परेलगत्तै बोर्डले नक्कली फाराम भरेका ५ जनाको परीक्षा रद्द गरेको थियो ।  

रद्द गरिएकाहरूमा प्रिन्सिपल गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपाने रहेका छन् । 

 

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

वैशाख २६, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन  बन्द

गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

वैशाख २०, काठमाडौं । केही दिनयता लगातार गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका ल…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

वैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वव…