SamwadKhabar logo

               

विविध

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

Pramila Bhujel

Pramila Bhujel

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली छन् ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईका अनुसार उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको छ ।  बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै उनीहरुले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म लिएको पाइएको उनले जानकारी दिए ।

उनीहरुले कुखुरा फार्म सञ्चालन गरेका व्यक्तिको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको छ । २०८० को असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग बयलकोटीको सम्पर्क भएको थियो ।

यो गिरोहमा रहेर ठगी गर्नेहरु केही भने भारतमा बसेर योजना बनाउने गरेको प्रहरीको दाबी छ । ठगीमा पर्नेहरु अझै धेरै हुन सक्ने प्रहरीको अनुमान छ । 

कुखुरा फार्म सञ्चालन गरेका बमको नाममा भिसा प्लस प्रालि कन्सल्टेन्सी दर्ता गराई उनकै खाता प्रयोग गरी ठगी गरेको खुलेको छ । बमको नाममा रकम आएपछि चेक काट्न लगाई लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने गरेको पाइएको एसएसपी भट्टराईले बताए ।

उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

सुकेधारामा भेटिएको शवको सनाखत

सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडक…