SamwadKhabar logo

               

धर्मशास्त्र

चैत्र–महाअष्टमी ‘चैते दसैँ’को महत्त्व

Samwad Khabar

Samwad Khabar

चैत्र–महाअष्टमी ‘चैते दसैँ’को महत्त्व
नेपाल सांस्कृतिक रूपले सम्पन्न मुलुक मानिन्छ । यहाँ विभिन्न समयमा विभिन्न जाति तथा संस्कृतिका मानिसहरू आ–आफ्नै मौलिक विशेषता बोकेका चाडपर्वहरू मनाउने गर्दछन् । ती चाडपर्वहरूमा पनि दसैँले विशेष महत्त्व बोकेको छ । दसैँ अधिकांश नेपालीहरूको महान् चाड हो । दसैँ वर्षमा दुईपटक मनाउने गरिन्छ । असोज महिनामा मनाइने दसैँलाई बडा दसैँ भनिन्छ भने चैतमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ । वर्षका चार नवरात्रमध्ये असोज र चैतको नवरात्रलाई जाग्रत दसैँका रूपमा लिने परम्परा छ । दुवै दसैँ दुर्गा भवानीको पूजा गरेर नै मनाउने गरिन्छ । चैते दसैँलाई वासन्ती नवरात्रका रूपमा लिने गरिन्छ । चैते दसैँको मुख्य दिनका रूपमा अष्टमीलाई लिइन्छ । दुष्ट दैत्यको संहार गरी पृथ्वीलोकलाई राक्षसहरूबाट देवीले बचाएको उत्सवका रूपमा दसैँको महत्त्व रहेको छ । नैष्ठिक व्यक्तिहरू यस नवरात्रलाई देवीको पूजाआराधना गरेर बिताउँछन् । अष्टमीका दिन अष्टमातृकाको पूजा गर्ने चलन पनि रहिआएको छ । प्राचीन कालमा यही दसैँ नै मुख्य रहेको तर जाडो याम सकिएर गर्मी याम आउने भएकाले गरिष्ठ भोजनका कारण मानिसहरू बिरामी हुने कुरालाई मध्यनजर गर्दै यसलाई असोजमा सारिएको जनविश्वास रहेको छ । यसको लगत्तै रामनवमी पर्व रामको जन्मोत्सवका रूपमा नेपालीहरू मनाउने गर्दछन् । रावणमाथि विजय प्राप्त गर्नुपूर्व त्रेतायुगमा रामले पनि देवीको पूजाअर्चना गरेको प्रसङ्गको चर्चा भएको पाइन्छ । यतिखेर शक्तिकी देवीका रूपमा दुर्गा, काली आदिका मन्दिर तथा शक्तिपीठहरूमा श्रद्धालुहरू दर्शनार्थ जाने गर्दछन् । अष्टमीलाई विशेष दिन मानिने भएकाले यस दिन देशभरका प्रायः देवीमन्दिरहरू सजिएका र भक्तहरूले भरिएका हुन्छन् । मानिसहरू घरमै स्थापना गरेर देवीको आराधना पनि गर्दछन् । चण्डी (दुर्गासप्तशती) को पाठपारायण गर्नाका साथै देवीका स्तोत्रहरूले मन्दिर र श्रद्धालुहरूका आवास क्षेत्र गुञ्जित हुन्छन् । सक्नेहरू आफैँ पाठ गर्छन् भने कतिपय आस्थावान्हरू गुरूपुरोहितमार्फत् पाठ गराउँछन् । मन्दिरमा दर्शन गर्न सहज होस् भनेर समितिहरूले विशेष व्यवस्था गरेका हुन्छन् । देवीको आराधना गरे घरमा अनिष्ट नहुने विश्वास गरिन्छ । देवीले सङ्कटबाट बचाउने र शक्ति प्रदान गर्ने भएकाले शक्तिस्वरूपिणी र सङ्कटनाशिनीका रूपमा देवीको पूजा हुने गरेको हो । चैते दसैँमा पनि अष्टमीका दिन नेपालका शक्तिपीठहरूमा बलि दिने गरिन्छ । दसैँलाई रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ । देवीको प्रसाद ग्रहण गर्दा रोगव्याधिको पनि नाश हुने विश्वास गरिन्छ । आजकल दसैँको नाममा मांसमदिराको प्रयोग बढ्न गएको देखिन्छ । आफन्त भेटघाट गर्नु, खुसी आदानप्रदान गर्नु, भेला हुनु आदिले आपसी सम्बन्धलाई बढावा दिएको हुन्छ तर पर्वको नाममा विकृतिले प्रश्रय पाउनु सरासर गलत हो । यस पर्वमा देखापरेका विकृतिहरूलाई घटाएर यसको महत्त्वलाई जोगाइराख्नु पूर्वीय संस्कृतिका अनुयायी हामी सबैको कर्तव्य हो । भावी पिँढीको धार्मिक आस्थालाई यथावत् राख्न पनि अभिभावकहरू सजग हुने बेला आएको छ । हाम्रो चिनारीलाई गलत ढङ्गले हामीले प्रयोग गर्न दिनुहुन्न । दुर्गा भवानीले सबैलाई सद्बुद्धि प्रदान गरून् । शरणागतदीनार्तपरित्राणपरायणे । सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते ।। (शरणमा आएका दुःखी, रोगीहरूको रक्षाका लागि सदैव तयार रहने र सबैको दुःखपीडालाई हरण गरिदिने हे नारायणी देवी ! हजुरलाई नमस्कार छ ।)   — गणेश तिमल्सिना

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…