SamwadKhabar logo

               

धर्म संस्कृति

गोकर्णेश्वर महादेव मन्दिरमा १४ गते सवा करोड दिप प्रज्वलन हुँदै

Pramila Bhujel

Pramila Bhujel

गोकर्णेश्वर महादेव मन्दिरमा १४ गते सवा करोड दिप प्रज्वलन हुँदै

gokarneshwor temple

चैत १२, काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भईरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा चैत १४ गते सवा करोड दिप प्रज्वलन हुने भएको छ । दिप प्रज्वलन कार्यक्रम बेलुका ४ बजेबाट शुरु हुनेछ ।

चैत्र ७ गतेबाट शुरु भएको महायज्ञको १४ गते कथा श्रवणसँगै भागवतमा तील चढाउने र सवा करोड दिप प्रज्वलन हुनेछ ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विश्व शान्ति तथा पितृ उद्धारका लागि सवा करोड दिप प्रज्वलन कार्यक्रमका लागि बत्ति लगेर बाल्नका लागि नाम टिपाउन आयोजकले श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन् ।

महायज्ञमा प्रत्येक दिन बिहान ७ बजेबाट साढे ९ बजेसम्म पूजा, पाठपारायण हवन, रुद्री चण्डी भईरहेको छ भनें बेलुकी ७ बजे देखि ९ बजेसम्म ख्यातिप्राप्त कलाकारहरुबाट भजन कीर्तन तथा महात्म्य र झाँकी प्रस्तुत भईरहेको छ ।

नेपालकै अग्लो १११ फिट अग्लो (उच्च) त्रिशुल निर्माण तथा किरातेश्वर महादेव मन्दिर तथा आश्रम निर्माणार्थ आयोजना हुन लागेको महायज्ञको प्रमुख वाचक प्रखर पण्डित कपिलदेव भट्ट महाराज रहनु भएको छ । महायज्ञको आयोजना खिजी देम्बा मन्दिर संरक्षण समिति ओखलढुंगाको रहेको छ भनें विश्व हिन्दू युवा संघको समन्वय रहेको छ ।

चैत १५ गते बिहान ७ बजे वाचक तथा ब्राम्हणहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको छ ।

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हु…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा स…