SamwadKhabar logo

               

अन्तर्वार्ता

वीरगञ्ज भन्सार कार्यालयबाट बार्षिक १७० अर्ब राजस्व संकलन,#भन्सार अधिकृत दिलिप के.सी

संवाद खबर

संवाद खबर

वीरगञ्ज भन्सार कार्यालयबाट बार्षिक १७० अर्ब राजस्व संकलन,#भन्सार अधिकृत दिलिप के.सी
वीरगञ्ज, २४ साउन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री दिलिप के.सी ज्यूसँग हाम्रो सम्वाददाता कृष्ण हुमागाईज्यूले महामारिमा वीरगञ्ज भन्सार नाकाबाट राजस्व संकलनको वर्तमान अवस्थाको बारेमा गर्नु भएको विशेष संवादको अंश ।
देश कोरोना महामारीको संकटमा परिरहेको बेला समग्र राष्ट्रको सबै भन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय विरगञ्ज भन्सारको अवस्था कास्तो छ ? यस्तो महामारीमा नाका पनि प्रभावमा परि नै हाल्छ । खासगरी मानिसहरुको आवतजावतमा अलि कडाई गरिएको छ । त्यसबाहेक हाम्रो कार्गो मुभमेन्ट पनि अहिलेसम्म निर्वात रुपमा चलिरहेको छ । अन्य व्यापारहरू पनि पुरै ठप्प भएImport Export रोकिएको चाहिँ छैन । नियमित रुपमा भइरहेको छ । यस कोभिड महामारीको बिचमा पनि हामी कर्मचारीहरू काम गरिरहेका छौँ । पछिल्लो डेढ वर्ष यता कोरोनाकाल भन्दा अगाडि र कोरोना पछिको समयमा यस भन्सार नाकाबाट सामाग्रिहरू आयात र निर्यातमा चाहिँ कतिको प्रभाव परेको देखिन्छ ? त्यति धेरै फरक चाहिँ छैन । कोरोना महामारीका कारण आन्तरिक खपत घटेकोले गर्दा केही असर देखिएको चाहिँ छ । त्यसैगरी लकडाउनमा गाडि मुभमेन्ट नभएको हुनाले नयाँ गाडिको रिर्पोटमा पनि कमी भएको छ । यी बाहेक अन्य दैनिक क्रियाकलापहरू नियमित रुपमा नै भैरहेको छ । Import  र Export मा पनि त्यति देखिनेगरी कुनै प्रभाव परेको छैन । यस भन्सार नाकाबाट नेपालमा हरेक दिन कति राजस्व संकलन हुन्छ ? राजस्वको हिसाबले भन्नुपर्दा दैनिक रूपमा पचास करोडदेखि सत्तरी करोडको हाराहारीमा राजस्व संकलन हुन्छ । पछिल्लो केही वर्षमा चाहिँ यहाँको राजस्व संकलनको अवस्था कस्तो रहेको छ ? हाम्रो विगत चार पाँच वर्षदेखि राजस्व विभिन्न कारणले केही नपुगेको जस्तो भएको छ । समग्र भन्सारको कुरा गर्दा, गत वर्ष हाम्रो राजस्व १७१ अरब वार्षिक टार्गेट थियो । त्यसमा १७० अरब संकलन भएर झण्डै राजस्व लक्ष्यको ९९.६ ५ पुगेको जम्मा राजस्वमा हाम्रो ७० करोड जति पुगेको छैन । अझ दिनको हिसाबले भन्दा एक दिनको लक्ष्य बराबर नपुगेको र सत प्रतिशत पुगेको भन्न सकिन्छ । यसको कारण के हुन सक्ला ? यसको कारण लकडाउन देखि लिएर विभिन्न संक्रमण हुनसक्छ । विगत तिन चार वर्षदेखि नपुगेकोमा यो साल चाहिँ पुगेको नै हो भन्नुपर्छ । यो साल राम्रो संकलन भएको छ र बढ्दो क्रममा छ । कुन कुन वस्तुहरूबाट सबैभन्दा बढि राजस्व उठेको छ ? हाम्रो विशेष High duty र Daily consumption गरी पेट्रोलियम, गाडिहरू र औद्योगिक कच्चा पदार्थहरुबाट धेरै राजस्व आउँछ । त्यी बाहेक अरू सामान्य सामानबाट पनि आउछ । धान चामलहरू बढि आयात भएतापनि त्यसबाट ड्युटि कम आउनेहुनाले त्यसमा रेभिन्यु पनि कम हुन्छ । पछिल्लो एक महिनाको राजस्व संकलनको अवस्था कस्तो छ त ? पछिल्लो असारको महिनामा हाम्रो जम्मा लक्ष्यभन्दा बढि प्रगति भएको छ । असारको वार्षिक रुपमा झण्डै १०६ ५ यानिकि १३ अर्ब राजस्व संकलन भएको छ । के हरेक महिनाको रेसियो एकै हुन्छ ? त्यस्तो हुँदैन । हरेक महिनामा अनुपात फरक पर्छ । कुनै महिनामा १९÷२० हजार हुन्छ त कुनैमा १४÷१५ हुन जान्छ । अघिल्लो आर्थिक वर्षमा संकलन भएको आधारलाई लिएर यस वर्षको लक्ष्य तोकिएको हुन्छ । हिसाब गर्दा दुई तिन वर्षको रेसियो हेरेर लक्ष्य तोकिन्छ । भन्सार नाकामा Undervaluation गरेर भन्सार कार्यलयको योजनामा सामानहरु भित्राइन्छ भन्ने आरोप पनि लगाइन्छ । जस्तै एक करोड पर्ने सामान आएको छ भने ५० लाख मात्र देखाएर राजस्व संकलन गरिन्छ भन्ने आरोप छ नि ! यसमा के भन्नु हुन्छ ? हाम्रो भन्सार विन्दुमा सामान्यतय टेक्नोलोजिदेखि लिएर अरु निग्रानी निकाय पनि हुने हुनाले भन्सार विभागले समेत आइ.पि क्यामेरादेखि लिएर Systematic conquered mechanics पनि हुने हुनाले Undervaluation को समस्या छ जस्तो मलाई लाग्दैन । तलमाथि होलान् तर कर्मचारीको संलग्नतामा त्यस्तो Undervaluation हुने समस्या याहाँ छैन । केही बर्ष यता विरगञ्ज भन्सारबाट सामाग्रीहरू आयातमा कमि आएको छ भनेर भनिन्छ नि ? के यो सत्य हो ? मधेस आन्दोलनको समयदेखि नै नाकामा अवरोध भयो । व्यापारीहरू जुन नाकाबाट आयात गर्ने सजिलो हुन्छ त्यतै मष्खभचत भए । हाम्रो यस नाकाबाट मालसामानहरू ल्याउने व्यापारीहरू मधेश आन्दोलनको समयमा जो जहाँ—जहाँ जानुभयो, त्यहिबाट सहज भएको हुनाले फेरी नर्पmकिएको कारणले गर्दा मधेश आन्दोलनदेखि नै यस भन्सारबाट मालसामान आयतमा कमि भइरहेको छ । यो बाहेक बढि माल सामान आयात हुने नाका चाँहि कुन हो ? यहाँ बाहेक अझै बढि आयात हुने भनेको भैरहवाको सुनौली भन्सार नाकामा हो । मधेश आन्दोलनदेखि नै भैरहवाबाट मालसामानहरू ल्याउने व्यापारीहरूको संख्यामा बृद्धि भइरहेको छ । केही बर्ष यता त्यस नाकाको बाटो पनि राम्रो र व्यवस्थित भइरहेकोले विरगञ्ज भन्सार बाहेक बढी आयात हुने नाका भैरहवाको सुनौली भन्सार हो । नेपालबाट सामान कति मात्रामा के—के निर्यात हुन्छ भन्ने रेर्कड हुन्छ ? हजुर, निर्यातको लागि डाटा संकलन गरिने गरिन्छ । १०० रुपैँया बराबर आयात छ भने १० रुपैँया जति निर्यात हुन्छ । नेश्नल लेभलको आयातनिर्यात जति छ याहाँ पनि लगभग त्यति नै देखिन्छ । चोरी निकाषिबाट छलेर सामानहरु जुन आवतजावत हुन्छ, त्यसमा निग्रानी यहि भन्सारको हुन्छ कि अन्य अरु निकायको हुन्छ ? निग्रानी भन्सारबाट पनि हुन्छ र अरू अन्य निकायबाट पनि हुने गर्छ । भन्सार अन्तरगत शसस्त्र प्रहरी र हाम्रो आफ्नै टोली कर्मचारीहरुको विभिन्न मुभमेन्ट हुन्छ । त्यसरी सामान पक्राउ गरियो भने जफत गरि कानुनी कारवाही अगाडि बढाइन्छ । गत आर्थिक वर्षमा पनि चोरी सम्बन्धि झण्डै १४ सय मुद्दाहरू दर्ता भएका थिए । त्यो अहिले कानुनी प्रक्रियामा छन् । मेरो मान्छेको सामानहरू छिटो पठाउनु पर्यौ, भनेर राजनीतिज्ञहरुको दबावहरू कतिको झेलिराख्नुभएको छ ? भन्सार एैन नियमावली अनुरूप कायानर््वयन गर्नमा भन्सार अधिकृत अथवा कार्यलय प्रमुखलाई कसैले रोक्दैन । भन्सारका कर्मचारीहरुलाई माथिबाट राजनीतिक दवाब पनि आउँदैन । तर मिडियामा चाहिँ दबाव आउने कुरा देखिन्छ र सुनिन्छ । कतिपय कर्मचारीहरुले आफ्नो पोस्टिङमा समस्या आउला भनेर पनि नभनेका तर भित्री रुपमा त्यस्तो हुनेगर्छ भन्ने कुरा सुनिन्छ नि ?  कानुन बमोजिम गर्ने काम कानुन बमोजिम गरिएन भने सजायको भागिदार हुने हुनाले कतिपय कर्मचारीमा त्यस्तो डर हुन्छ । आफ्नो जागिर धरापमा राखेर कसैले पनि काम गर्न सक्दैन । कानुनी रुपमा नमिल्ने काम माथिल्लो पदका हाकिमहरूबाट यसरी गर्नुस भनेर भनिँदैन । कुनै कुनै मुद्दामा अलि छिटो गर्दिनुस भनेर चाहिँ कहिले काहीँ व्यवहारिक रुपमा इन्क्वाइरी गरिएको हुनसक्छ तर दबाव भने आउँदैन । अर्को Issue के पनि छ भने कति समयसम्म भन्सारमा सामानहरु अड्किएर बसेको र कुहिएको कति समाचारहरुमा देखिन्छ । विगतमा पनि केहि समय अगाडि खाद्यान्नका सामाग्रीहरु, फलफुलहरू भन्सारबाट पासआउट हुन नपाउँदा कुहिएर बसेको कुरा पनि खुलेको थियो । बोर्डरमा सामान आएको कति समयको अन्तरालमा कसरी कुन प्रक्रिया अन्तरगत छिराउनुहुन्छ ? सामान छिराउँदा उहाँहरूबाट नै Self declaration हुन्छ र मेरो सामान आयो भनेर हाम्रो सिस्टममा प्रज्ञापन पत्र र अरू डकुमेन्ट इन्ट्रि गर्नुहुन्छ । सोहि दिन तत्काल जाचँ पास हुन्छ । यदि वहाँहरुले आवश्यक कागजात पेस गर्न वा अन्य निकायबाट अनुमति लिन सक्नुभएन भने चाहिँ केहि समय रोकिन्छ । त्यसबाहेक कुनै किसिमको समस्या हुँदैन । भन्सार एैनले पनि ६० दिनभित्र जाँच पास नगरेमा जफत लगायतका कार्य हुने व्यवस्था गरेको हुनाले अधिकाशं सामानहरू व्यापारीहरुको आफ्नो कुनै कारणले गर्दा एक दिन भन्दा दुई दिन रोकिँदैन ।

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मन…

भारतमा पहिलो पटक छड निर्यात

भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथ…

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ…

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार …