SamwadKhabar logo

               

अन्तर्वार्ता

भारतमा पहिलो पटक छड निर्यात

DEVRAJ RIJAL

DEVRAJ RIJAL

भारतमा पहिलो पटक छड निर्यात
५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै नेपालले पहिलो पटक भारतका लागि फलामे छड पनि निर्यात गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित श्री स्टिल्स प्रालिले बुधबार पहिलो पटक फलामे छड भारत निर्यात गरेको हो । औपचारिक कार्यक्रम गर्दै उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक करिब ३५ मेट्रिक टन टीएमटी फलामे छड निर्यात भएको जनाएको हो । फलामे छड निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरण पाइसकेको र सरकारले समेत बजेटमा अनुदान व्यवस्था गरेपछि निर्यात सुरु गरिएको उद्योगका सञ्चालक राजेशकुमार अग्रवालले बताउनुभयो । “भारतसँग निर्यात प्रक्रिया सहज होस् भनेर पनि पहिलो चरणमा एक ट्रक छड निर्यात गरेका हौँ,” उहाँले भन्नुभयो । चालू आर्थिक वर्ष २०७९ र ८० को बजेटमार्फत सरकारले निर्यातको प्रचुर सम्भावना भएका वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि सूचीमा समेटिएका सिमेन्ट तथा छडको निर्यात सम्भव भएको हो । बजेटले नेपालबाट क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित सेवाजस्ता सूचीमा समेटिएका वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । देशभर अहिले साना तथा ठूला गरेर ३० वटा स्टिल उद्योग सञ्चालनमा छन् । तीमध्ये १० वटा उद्योगले बिलेटसमेत उत्पादन गर्छन् । यी सबै उद्योगको वार्षिक जडित क्षमता करिब ३५ लाख मेट्रिक टन छ । त्यसमध्ये नेपालमा वार्षिक बढी १५ लाख मेट्रिक टन छड तथा पत्ती मात्र खपत हुन्छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । आन्तरिक खपतपछि बाँकी रहने २० लाख मेट्रिक टन छड वार्षिक रूपमा भारत निर्यात गर्न सकिने उद्योगी बताउँछन् । नेपालको सीमासँग जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यमा पूर्वाधार परियोजना निर्माणको काम भइरहेकाले नेपाली छडको ठूलो बजार त्यहाँ रहेको छ । ती क्षेत्रमा फलामे छडको उद्योग नरहेको र लामो दूरी पार गरेर पश्चिम बङ्गालको दुर्गापुरबाट छड ल्याउनुपर्ने बाध्यता छ । त्यसको विकल्पमा नेपालबाट छोटो दूरी र समयमै ती ठाउँमा फलामे छड निर्यात गर्न सकिने सम्भावना रहेको उद्योगीको भनाइ छ ।

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

यो पनि

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मन…

भारतमा पहिलो पटक छड निर्यात

भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथ…

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ…

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार …