SamwadKhabar logo

               

अन्तर्वार्ता

भारतमा पहिलो पटक छड निर्यात

देवराज रिजाल

देवराज रिजाल

भारतमा पहिलो पटक छड निर्यात
५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै नेपालले पहिलो पटक भारतका लागि फलामे छड पनि निर्यात गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित श्री स्टिल्स प्रालिले बुधबार पहिलो पटक फलामे छड भारत निर्यात गरेको हो । औपचारिक कार्यक्रम गर्दै उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक करिब ३५ मेट्रिक टन टीएमटी फलामे छड निर्यात भएको जनाएको हो । फलामे छड निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरण पाइसकेको र सरकारले समेत बजेटमा अनुदान व्यवस्था गरेपछि निर्यात सुरु गरिएको उद्योगका सञ्चालक राजेशकुमार अग्रवालले बताउनुभयो । “भारतसँग निर्यात प्रक्रिया सहज होस् भनेर पनि पहिलो चरणमा एक ट्रक छड निर्यात गरेका हौँ,” उहाँले भन्नुभयो । चालू आर्थिक वर्ष २०७९ र ८० को बजेटमार्फत सरकारले निर्यातको प्रचुर सम्भावना भएका वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि सूचीमा समेटिएका सिमेन्ट तथा छडको निर्यात सम्भव भएको हो । बजेटले नेपालबाट क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित सेवाजस्ता सूचीमा समेटिएका वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । देशभर अहिले साना तथा ठूला गरेर ३० वटा स्टिल उद्योग सञ्चालनमा छन् । तीमध्ये १० वटा उद्योगले बिलेटसमेत उत्पादन गर्छन् । यी सबै उद्योगको वार्षिक जडित क्षमता करिब ३५ लाख मेट्रिक टन छ । त्यसमध्ये नेपालमा वार्षिक बढी १५ लाख मेट्रिक टन छड तथा पत्ती मात्र खपत हुन्छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । आन्तरिक खपतपछि बाँकी रहने २० लाख मेट्रिक टन छड वार्षिक रूपमा भारत निर्यात गर्न सकिने उद्योगी बताउँछन् । नेपालको सीमासँग जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यमा पूर्वाधार परियोजना निर्माणको काम भइरहेकाले नेपाली छडको ठूलो बजार त्यहाँ रहेको छ । ती क्षेत्रमा फलामे छडको उद्योग नरहेको र लामो दूरी पार गरेर पश्चिम बङ्गालको दुर्गापुरबाट छड ल्याउनुपर्ने बाध्यता छ । त्यसको विकल्पमा नेपालबाट छोटो दूरी र समयमै ती ठाउँमा फलामे छड निर्यात गर्न सकिने सम्भावना रहेको उद्योगीको भनाइ छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मन…

भारतमा पहिलो पटक छड निर्यात

भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथ…

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ…

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार …