SamwadKhabar logo

               

युवा

थारु समुदायमा माघीको सांस्कृतिक तथा सामाजिक औचित्य

Samwad Khabar

Samwad Khabar

थारु समुदायमा माघीको सांस्कृतिक तथा सामाजिक औचित्य
-लाल बहादुर चौधरी विश्व मानचित्रमा प्रत्येक देशको एक विशेष पहिचान हुनेगर्दछ । यस्तो पहिचान त्यस देशको गौरवशाली अतित, दर्शन, कला, संस्कृति, या त त्यस देशले विश्व परिवेशमा गरेको योगदान आदिले गर्दछन । सुन्दर प्राकृतिक संयोजनका साथै बहुल जाति, भाषा, धर्म, संस्कृति आदि विशेषता भएको मुलुक नेपालको पनि विश्व मानचित्रमा यस्तै एक मौलिक पहिचान रहेको छ । कला-संस्कृतिले कुनै पनि जाति, समुदायको जीवन चित्रित गर्दछ । नेपालको १२५ जात-जाति मध्य थारु जाति कला-संस्कृति, संस्कार, मूल्य-मान्यता, चाड-पर्व आदिमा एक धनी समुदाय हो । “माघी” एक त्यस्तै मूल्य-मान्यता बोकेको थारुहरुको मुख्य पर्व हो । थारु जातिको आफ्नो मौलिक पहिचान बोकेको राष्ट्रिय पर्व माघीलाई स्थान विशेष अनुसार विभिन्न नामले जानिन्छ । माघी, माघ, माघे, माघे संक्रान्ति आदि नामले यस पर्वलाई मनाइने गरिन्छ । माघी, विशेष गरि पश्चिमका थारुहरुद्वारा, मुख्य पर्वको रूपमा हर्सोल्लासका साथ मनाइने गरिन्छ । वि.सं. २०५९ सालमा तत्कालिन प्रधानमन्त्री लोकेंद्र बहादुर चन्दको पालोमा श्री ५ को सरकारले माघी पर्वको सुअवसरमा थारु कर्मचारीहरुलाई बिदा तथा थारुहरुको महान पर्वको रूपमा मान्यता प्राप्त भएको हो । श्री ५ को सरकारले यस पर्वलाई मान्यता दिएपछि माघीको अझ महत्व बढेर गएको छ, र थारु समुदायमा माघी पर्वको आफ्नै प्रकारको मौलिक सांस्कृतिक एवं सामाजिक औचित्य रहेको छ । माघी मनाउनका निम्ति थारुहरुले एक महिना अगावैदेखि तयारी सुरु गर्ने गर्दछन् । थारु मूल्य मान्यताअनुसार माघी पुष महिनाको अन्तिम दिन देखिसुरु भएको मानिन्छ । यस दिनलाई “जिता मर्ना दिन” भनिन्छ । “जिता मर्ना दिन”को रातभरी डफ गीत तथा छोकरा, झुमरा नाच आदि गरिन्छ । यस दिनको भोलि पल्ट विहान “माघी लहान”को रुपमा मनाईन्छ । माघी लाहानको दिन बिहानै घरका साना-ठुला सबै सकेसम्म नदीको दोभानमा गएर नुहाउन जाने प्रचलन रहेको छ । स्नान पश्चात सबभन्दा पाको मान्छेले आफुले आफैलाई टिका लागाइसके पछी अन्य सबैलाई टिका लाइदिने गर्दछ । यस बेला साइनो अनुसार आफू भन्दा ठुला-बडालाई सबैले ढोग (स्यावा) लाग्ने गर्दछन् । नदिबाट नुहाएर घर फर्किसके पछि घरका पुरूष सदस्यहरुले सर्वप्रथम “निश्राउ कहार्ने” गर्दछन जसमा एउटा कोठामा भाँडाहरुमा राखिएको चामल, नून र मासको दाललाई अर्को छुट्टा छुट्टै भाँडाहरुमा पाँच-पाँच अन्जुली झिकेर राखिन्छ । यहि निश्राउमा अन्य विभिन्न परिकार पनि थपेर “माघी देवानी”को दिन (माघ २ गते) दिदी-बहिनीहरुलाई कोशेलीको रूपमा दिन जाने चलन रहेको छ । माघी मनाउने क्रममै थारुहरुले विभिन्न खान-पिनका परिकार तयार पारेका हुन्छन । स्थान विशेष अनुसार परिकारमा भिन्नता हुन सक्छ । सामान्य रूपमा थारुहरुले अन्डीको जाड, दारु, माछा, मासु (सुँगुर, बंगुर, कुखुरा, खसी, हाँस आदिको), ढिकरी, रोटी, तिलको लड्डु, मुरही, चामलको सठौरा, भन्टा तथा केराको तरुवा, तरुल, गैजी (सखरखंड), अन्डीको उसिनेको भात, खिचडी आदिको जोहो गरेका हुन्छन । माघी पर्वको थारु समुदायमा केवल एक सांस्कृतिक पक्ष मात्र नभएर सामाजिक रूपमा पनि यस पर्वको त्यतिकै महत्व रहेको देखिन्छ । माघ १ गतेलाई थारुहरुले नयाँ वर्षको थालनी भएको मान्दछन् । पौष मसान्तमा गत सालको सबै कारोवारको अन्त्य र माघ १ गते देखि नयाँ कारोवारको थालनी गर्ने चलन थारु समुदायमा रहिआएको छ । यसै दिन गाउँको हरेक घरमुली बरघरिया (भलमन्सा)को घरमा भेला हुन्छन र बरघरिया, चौकीदार, गुरुवा, चिरक्या, कामि, कुम्हार आदिलाई निरन्तरता दिने वा नयाँ छनौट गर्ने बारे छलफल गर्दछन । थारु गाउँहरुमा कुनैपनि नयाँ व्यक्तिलाई कुनै जिम्मेवारीको लागि छनौट गर्नुपर्दा उपस्थित सबैका सहमतिले प्रजातान्त्रिक पद्दतिबाट नै छनौट गर्ने प्रचलन रहेको पाईन्छ । माघ १ गते पाएको जिम्मेवारी सम्बन्धित व्यक्तिले एक वर्ष (अर्को माघी) सम्म वहन गर्नुपर्ने हुन्छ । यस बाहेक माघीको पहिलो र दोस्रो दिनपछि घरका सबैजना एक ठाउँमा बसेर घर-व्यवहार बारे छलफल गर्ने गर्दछन र आगामी वर्षको लागि के गर्ने के नगर्ने बारे सम्बन्धि पनि छलफल गर्ने गर्दछन । यस किसिमको पद्दतिले थारु समुदाय केहि हदसम्म व्यवस्थित र प्रजातान्त्रिक भएको देखिन्छ । वर्तमान परिप्रेक्षमा माघी पर्व थारुहरुको घर, गाउँ वा क्षेत्रमा मात्र सिमित नभएर यस पर्वलाई राष्ट्रिय स्तरमै मनाउन थालिएको छ । देशका विभिन्न स्थानहरुमा “माघी महोत्सव”का रूपमा माघी पर्व मनाउने प्रचलन बढेको छ जसमा थारुहरु मात्र नभएर अन्य जनसमुदायको पनि उत्तिकै सहभागिता रहेको देखिन्छ । यसको प्रत्यक्ष उदाहरण हो काठमाडौंको टुँडिखेलमा आयोजित “थारु राष्ट्रिय माघी महोत्सव” । यस किसिमका कार्यक्रमले युवा पुस्तामा पनि आफ्नो संस्कृतिप्रति अपनत्वको भाव जागरण गर्नुका साथै राष्ट्रिय एकता तथा आपसी सद्भाव कायम गर्ने वातावरण निर्माण गर्दछन् । यस्तो सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय महत्व बोकेको पर्वको संरक्षण, संबर्धन तथा प्रवर्धन गर्नु हामी सबैको निम्ति अपरिहार्य छ । "हिमाल दृष्टि"बाट साभार     

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…