SamwadKhabar logo

               

युवा

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

Pramila Bhujel

Pramila Bhujel

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी
चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भएको छ । शुक्रवार प्रदेश अधिवेशनको उद्घाटन प्रमुख अतिथि त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकीले गर्नु भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि बुढाथोकीले विश्वविद्यालय किताबी ज्ञानका लागि मात्र नभइ व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु पर्नेमा जोड दिनु भयो । बुढाथोकीले प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वागमती प्रदेशको त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको चौथो प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उनले आज विश्वविद्यालयमा पढाउने प्राध्यापक प्राध्यापक जस्तो नभएको, विद्यार्थी विद्यार्थी जस्तो नभएको, विश्वविद्यालयहरू किताबी ज्ञानमा मात्र केन्द्रित भएकोले उच्च शिक्षामा राम्रो उपलब्धि हासिल गर्न नसकिएको कुरा उल्लेख्य गर्दै विश्वविद्यालयहरू व्यवहारिक शिक्षामा केन्द्रीत हुनु पर्ने विषय बताउनु भएको थियोे । उहाँले विद्यार्थी भर्ना राम्रो देखिए पनि अध्ययन गर्न आउने विद्यार्थी घटदै गइरहेको, सिकाइ केन्द्रित शिक्षामा कमि भएको, विद्यार्थी, शिक्षाक र प्राध्यापक विश्वविद्यालयको नभएर अलग अलग पार्टीको भएकोले शिक्षा क्षेत्रमा विग्रिरहेकोमा चिन्ता व्यक्त गर्नु भएको थियोे । साथै विश्वविद्यालय विश्वविद्यालयहरूमा राम्रो शैक्षिक वातावरणमा पठन पाढन हुने, विश्वका अलग अलग विचारहरूमा बहस छलफल हुने गरेको तर हाम्रोमा भने त्यो वातावरण नै हुन नसकेको बताउनु भयो । उहाँले विद्यार्थी परिषद्ले शिक्षा क्षेत्रमा गरिरहेको सकारात्मक कार्यले नेपालको शिक्षा क्षेत्रमा राम्रो सुधार ल्याउने विश्वस्त भएको बताउनु भयो । त्यसैगरी उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवले नेपालको शिक्षा गलत दिशा तर्फ अगाडि बढिरहेकोले यसलाई नेपाली माटो सुहाउँदो किसिमले पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको र हाम्रो इतिहास, भूगोल, महापुरूषहरूको बारेमा ज्ञान दिनु पर्ने, नैतिक र संस्कृत शिक्षालाई पुन लागू गरिनु पर्ने जस्ता विषयहरू बताउदै आजको युवा पुस्तालाई राष्ट्र पुनःनिर्माणको दिशामा अगाडि बढन अग्रह गर्नु भएको थियो । त्यसैगरी अधिवेशनका स्वगत समिति अध्यक्ष एवम् महर्षी फाउन्डेसनका अध्यक्ष दिपक बास्कोटाले नेपालमा वैदिक शिक्षा, ज्ञान, विज्ञान, र योगलाई आजको युवा पुस्तालाई सिकाउनु पर्ने आवश्यकता रहेकोले त्यस दिशामा सबै मिलेर कार्य गर्नु पर्ने कुरा बताउनु भएको थियोे । नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि परिषद्को चौथो प्रदेश अधिवेशन भन्ने मुलनाराका साथ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस आयोजना गरिएको अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकी, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव जानकी आचार्य, प्रदेश अध्यक्ष वद्री कोइराला, प्रदेश सचिव मनिता देवकोटा, काठमाडौँ महानगर सचिव विकास रावल विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, सदस्य, शिक्षक साथै वागमती प्रदेशभरबाट १३० जना भन्दाबढी विद्यार्थीहरूको सहभागीता रहेको छ । चैत १ गतेबाट शुरु भई तीन दिन सम्म सञ्चालन हुने अधिवेशनमा अलग अलग सत्रमा शैक्षिक र समसामयिक प्रस्ताव, खुल्ला अधिवेशन, संगठनात्मक कार्यपद्धति, सैद्धान्तिक भूमिका , परिषद्को आगामी कार्ययोजना, सांस्कृतिक कार्यक्रम, देशको वर्तमानमा अवस्थाको विषयमा भाषण साथै नयाँ प्रदेश कार्यकारिणी समिति घोषणासँगै अधिवेशन सम्पन्न हुने विद्यार्थी परिषद्ले जनाएको छ ।

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

यो पनि

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…