SamwadKhabar logo

               

खेलकूद

त्रिकोणात्मक टी–२० शृंखला: नामिबियामाथि नेपालको रोमाञ्चक जित

Pramila Bhujel

Pramila Bhujel

त्रिकोणात्मक टी–२० शृंखला: नामिबियामाथि नेपालको रोमाञ्चक जित
फागुन १८, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुर घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ। नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। जवाफमा नामिबिया निर्धारित २० ओभरमा १ सय ७७ रनमा समेटिएको थियो। नामिबियाका लागि जेजे स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जन फ्र्यानलिकले ३७ रन बनाए। त्यस्तै, जेन ग्रीनले २३ रन तथा रुवेन ट्रम्पलम्यानले १४ रन बनाएका थिए। नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २र२ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले ३७ बलमा ५५ रनको अविजित अर्धशतकीय इनिङ खेले। त्यस्तै, गुल्सन झाले २६ रन बनाउँदा आरिफ शेखले ३१ रन तथा अनिल साहले २३ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा रोहित पौडेलले १० रन र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए। नामिबियाका लागि बेन सिकंगोले ३ विकेट लिँदा ज्याक ब्रसेलले २ तथा रुवेन ट्रम्पलम्यान, जन निकोल लोफ्टी–इटन र बर्नार्ड स्कल्जले समान १–१ विकेट लिए।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…