SamwadKhabar logo

               

खेलकूद

फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित

Pramila Bhujel

Pramila Bhujel

फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित
फागुन २२, काठमाडौं । त्रिकाणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आज मंगलवार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाल चार विकेटले पराजित भएको हो। मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…