SamwadKhabar logo

               

विश्व

नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश

Pramila Bhujel

Pramila Bhujel

नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश
एजेन्सी, चैत्र १, काठमाडौं । नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश बनेको छ । नेपालमा प्रतिवर्ष इशाईकरण निकै बढिरहेको उल्लेख छ । द सेन्टर फर द स्टडि अफ ग्लोबल क्रिस्टानिटीको रिपोर्ट अनुसार प्रतिवर्ष ११ प्रतिशतका दरले इशाईको संख्या नेपालमा बढिरहेको छ । सन् २०२० मा नेपालमा इशाईको संख्या ३.८ प्रतिशत रहेको दाबी गरिएको छ । विश्वमा सबैभन्दा बढी इशाईको संख्या एशियामा बढिरहेको रिपोर्ट छ । विश्वमा तिव्र इशाईकरण भइरहेको २० देशमध्ये १९ देश एशिया र अफ्रिकामा पर्छन् । नेपालपछि चीन, युएई, साउदी अरेबिया, कतार, ओमान, यमन, मंगोलिया, कम्बोडिया, बहराइन, बेनिन, बुर्किना फासो, दक्षिणी सुडान, भुटान, माली, ब्रुनाई, गिनी, कुवेत, सिंगापुर र र्तुकस एन्ड काइकोस आइल्यान्डमा तिव्र इशाईकरण भइरहेको रिपोर्ट छ । मुस्लिम बाहुल्य देशहरुमा पनि बढी इशाईकरण भइरहेको छ । रिपोर्ट अनुसार हिन्दू, बुद्ध, मुसलमान र स्वधर्म मान्नेहरुमा इशाईकरण तिव्र छ । विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू रहेको नेपालमा इशाईकरण तिव्र हुनुले चासो बढेको छ । विशेषगरी नेपालमा बौद्धमार्गीहरुमा इशाईकरण बढी रहेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । इशाईकरणका लागि नेपालमा ठूलो धनराशी खर्च भइरहेको छ । यसका लागि मुख्य दलहरुमा समेत यस्ता समूहले प्रभाव बढाइरहेका छन् ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

वैशाख २६, काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि…

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

वैशाख २५, काठमाडौं । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो …

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

वैशाख २४, काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्…