SamwadKhabar logo

               

धर्म संस्कृति

बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

Pramila Bhujel

Pramila Bhujel

बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

चैत्र २०, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँने भएका छन् ।

नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए। 

चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए। यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिए ।

जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी–देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने चलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ । 

विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरी नौपटक, जुजुभाइ बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका छन् ।

- रासस

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

वैशाख २४, काठमाडौं । तनहुँको व्यास नगरपालिका११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रह…