SamwadKhabar logo

               

शिक्षा

नेपाली मौलिकता झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौं महानगरको आग्रह

Pramila Bhujel

Pramila Bhujel

नेपाली मौलिकता झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौं महानगरको आग्रह

चैत्र २२, काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई मौलिकता, नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । शिक्षा विभागले एक सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।

विदेशको जस्तै शिक्षा दिने बहानामा ‘इन्टरनेसनल’ शब्द झुन्ड्याइरहेका काठमाडौं महानगरपालिकाभित्रका निजी विद्यालयलाई नामअनुसार काम गर्न वा नाम सच्याउन महानगरले एक साता समयसीमा तोकेको छ ।

सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा, नियमावलीविपरीत नाम सच्याउन अटेर गर्नेलाई कारबाहीस्वरूप विद्यार्थी भर्ना कार्यक्रम नै रोकिदिने महानगरको चेतावनी छ ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार निजी विद्यालयले ‘इन्टरनेसनल’ शब्द राख्न एकतिहाइ विदेशी विद्यार्थी पढाउनुपर्छ, ‘नेसनल’ शब्द राख्न २५ जिल्लाका विद्यार्थी हुनैपर्छ र ‘पब्लिक’ शब्द राख्न कुल विद्यार्थीमध्ये एकतिहाइले पूर्ण छात्रवृत्ति पाएको हुनुपर्छ । तर, कुनै पनि विद्यालयले नियमावलीअनुसार काम नगरेको भन्दै महानगरले त्यस्ता शब्द हटाउन बुधबार सूचना जारी गरेको हो । 

महानगरपालिकाले शैक्षिक वर्ष ०७९ को भदौदेखि नै ‘इन्टरनेसनल, नेसनल र पब्लिक’ शब्द हटाउन ताकेता गरेको हो । तर, हालसम्म केहीले मात्रै नाम नेपालीकरण अर्थात् सच्याएका छन्, अन्यले अटेर गर्दै आइरहेका छन् । अब भने महानगरले ती निजी विद्यालयलाई नाम नसच्याए छुट दिनेछैन ।

शिक्षा व्यवस्थापन नियमावली, १०७४ अनुसार दुई वर्षभित्र नै सबै विद्यालयले नाम सच्याइसक्नुपर्ने थियो । तर, नियमावली बनेको ६ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । नियमावलीमै स्पष्ट उल्लेख भएकाले त्यसको कार्यान्वयन गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । निजी विद्यालयले नाम सच्याउन कम्पनी रजिस्ट्रारको कार्यालयमा जानुपर्नेछ भने उनीहरूले होर्डिङ बोर्ड, डिस्प्ले, प्रशासनिक कागजातलगायतमा पनि नाम सच्याउनुपर्नेछ । यदि ती शब्द राख्ने भए मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ । त्यस्तै, यसअघिको संघीय शिक्षा ऐनले पनि विद्यालयको नामकरणमा मौलिकता र नेपालीपन झल्कने किसिमको हुनुपर्ने व्यवस्था गरेको छ । 


 

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

वैशाख २६, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन  बन्द

गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

वैशाख २०, काठमाडौं । केही दिनयता लगातार गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका ल…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

वैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वव…