SamwadKhabar logo

               

धर्म संस्कृति

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

Pramila Bhujel

Pramila Bhujel

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

चैत्र २५, काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ। नेवार समुदायको बाहुल्यता रहेको टोखामा यही चैत २५ देखि २७ सम्म गरी तीन दिन ‘पाँहाचर्‍हे’ जात्रा मनाउन लागिएको हो।

जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।

आज पिचास चर्तुदशीका दिन बिहान ६ः३० बजे लिङ्ग (यँसि) उठाएर र साँझ ६ः३० बजे सपन विनायक र सङ्कटा अजिमाका दुई रथलाई गाउँ परिक्रमा गराइदैछ । परिक्रमाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेका छन्, त्यहाँ पुर्‍याई दर्शन गराई फर्काउने चलन रहेको टोखाका मूल नाइके हेमराज श्रेष्ठले बताए।

भोली घोडेजात्राका दिन साँझ ६ः३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याई ६ कुमार र चार कुमारीलाई मरजा (भात) खुवाउने र दुई कुमारलाई मरजा खुवाउने प्रचलन छ।
सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ। सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन रहेको छ।

जात्राको अन्तिम दिन बिहान ६ः३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो) मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ।

त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ।

ताजा

सबै

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान

जेठ २, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लाग…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

वैशाख २४, काठमाडौं । तनहुँको व्यास नगरपालिका११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रह…