SamwadKhabar logo

               

खेलकूद

फ्रेन्डसिप कप टी २० : गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

Pramila Bhujel

Pramila Bhujel

फ्रेन्डसिप कप टी २० : गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

चैत्र २५, काठमाडौं । नेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । 

नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो।

गुजरातका लागि कप्तान उमंग रोहित कुमारले ४० रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै आर्यन दतले ३६ रन तथा रुद्र मयुर पटेलले १७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जयमित पटेल र हर्स के देसाईले समान १५ रन बनाएका थिए। नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रन बनाए। त्यस्तै, कुशल मल्ल १३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेल १९ रनमा आउट हुँदा आरिफ शेखले ३४ रन जोडेका थिए।

गुजरातका लागि सेन पटेल, तेजस पटेल, जला युवराजसिंह र जमित पटेलले समान १ विकेट लिएका थिए।

प्रतियोगितामा नेपालले गुजरातलाई तेस्रो पटक हराउँदै उपाधि जितेको हो। सिरिजको लिग चरणमा भएका दुवै खेलमा नेपालले गुजरातलाई हराएको थियो। नेपालले लिग चरणको पहिलो खेलमा ८ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा ८ रनको जित हासिल गरेको थियो।

त्यस्तै, अर्को टोली बरोडालाई पहिलो खेलमा २७ रनले हराएको नेपालले अन्तिम खेलमा भने बरोडासँग ३७ रनले पराजित हुन पुगेको थियो।

नेपालले अर्को सातादेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमण गरेको हो। एसिया कप छनोटको आधारका रुपमा रहेको प्रिमियर कपमा नेपाल विजेताको लक्ष्यमा रहेको छ।

प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउने छ। नेपाल भारतबाटै ओमान प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…