SamwadKhabar logo

               

धर्म संस्कृति

‘द्यःल्वाकेगु’ जात्रा सम्पन्न

Pramila Bhujel

Pramila Bhujel

‘द्यःल्वाकेगु’ जात्रा सम्पन्न

चैत्र २७, काठमाडौं । उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्‍हेअन्तर्गतको न्हि जात्रा आज मङ्गलवार सम्पन्न भएको छ । काठमाडौँको मुटु मानिने असनमा हुने पाहाँ चर्‍हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रामध्ये न्हि जात्रा आज सम्पन्न भएको हो ।

यो जात्रामा असन चोकमा पहिला पहेँलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुगे । असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो । केही समयपछि निलो टोपी लगाएको समूह बाजागाजाका साथमा त्यही आइपुग्छ ।

उनीहरूले वचुँ अजिमा भद्रकालीलाई लिएर आएका हुन्छन् । वचुँ अजिमा र लुँमधी अजिमा भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतीक्षा सुरु हुन्छ ।

वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रूपमा पाहाँ चर्‍हेको न्हि जात्रा मनाउने गरिन्छ । असनमा प्रतीक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ती प्वा) आदान-प्रदान हुन्छ ।

त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ । यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन् ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

वैशाख २४, काठमाडौं । तनहुँको व्यास नगरपालिका११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रह…