SamwadKhabar logo

               

धर्म संस्कृति

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु

Pramila Bhujel

Pramila Bhujel

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु

वैशाख ४, काठमाडौं । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन मनाइने सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि शुरु भएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।

साँझ ५ बजे जमलस्थित तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने छ । जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पुर्‍याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ ।

नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्‍याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पुर्‍याएपछि रथयात्रा सम्पन्न हुन्छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पुर्‍याएपछि जात्रा सकिने प्रचलन छ ।

सेतो मच्छिन्द्रनाथलाई विशेषगरी करुणा र सद्भावनाका देवताका रुपमा पूजा गर्ने चलन छ ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुन लागेको अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबैलाई यात्रामा सहाभागी हुन आग्रह गरेका छन्। उनले काठमाडौँ एउटा सहर मात्र नभई सभ्यता रहेको भन्दै मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु रहेको उल्लेख गरेका छन्।

ताजा

सबै

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान

जेठ २, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लाग…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

वैशाख २४, काठमाडौं । तनहुँको व्यास नगरपालिका११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रह…