SamwadKhabar logo

               

विश्व

कुवेतमा अवैध बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने

Pramila Bhujel

Pramila Bhujel

कुवेतमा अवैध बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने

वैशाख ४, काठमाडौं । कुवेतले अवैध रूपमा बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने व्यवस्था गरेको छ। कुवेतले त्यहाँको भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरू गरेको छ। अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समय यता आममाफी घोषणा गरेको हो।

आफ्नै देश फर्कन चाहे विना जरिवना फर्कन पाउने  र जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुन कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्ने कुवेतले व्यवस्था गरेको छ। 

भिसा नियम उल्लङ्घन गरेका विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउने गरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ।

 यहाँ एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांक अनुसार ६२ हजार ७०८ पुरूष र ४४ हजार ७८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्। घरेलु काममा ३० हजार भन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४।७ प्रतिशत रहेको तथ्यांक छ।

नेपालीहरू पनि भिसा नियम उल्लंघन गरी बसेको भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

वैशाख २६, काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि…

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

वैशाख २५, काठमाडौं । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो …

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

वैशाख २४, काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्…