SamwadKhabar logo

               

धर्म संस्कृति

विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित, सनातन धार्मिक संस्थाहरूलाई निःशुल्क कानूनी परामर्शको घोषणा

Pramila Bhujel

Pramila Bhujel

विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित, सनातन धार्मिक संस्थाहरूलाई निःशुल्क कानूनी परामर्शको घोषणा

वैशाख ७, काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ ।

महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । राप्रपा अध्यक्ष पशुपति सम्सेर जबरा र महासंघको अध्यक्ष अस्मिता भण्डारीले अधिवक्ता खड्कालाई कदरपत्रसहित सम्मान गर्नु भएको हो ।

उदयमान कानून व्यवसायी खड्का कानून र न्यायको क्षेत्रबाट हिन्दु धर्मको पक्षमा क्रियाशील थिए । उनले विश्व हिन्दु महासंघलाई कानूनी सहायता एवं परामर्श दिँदै आएका छन् ।
कार्यक्रममा महासंघको कार्यवाहक अध्यक्ष भण्डारीले संस्थाको प्रमुख उद्देश्य सनातन हिन्दु धर्मको प्रवर्धन गर्दै मुलुकलाई हिन्दु अधिराज्य बनाउने भएको बताउनुभयो ।

राप्रपाका पूर्वअध्यक्ष एवं संघीय सांसद पशुपति सम्सेर जबराले देशमा हिन्दु राष्ट्र पुनर्स्थापना भएरै छोड्ने ठोकुवा गर्नुभयो ।

सम्मानित भएपछि सामाजिक सञ्जालमार्फत अधिवक्ता खड्काले देशैभरका सनातन स्वधर्मसँग सम्बन्धित संस्थाहरूलाई निःशुल्क कानूनी परामर्श दिने घोषणा पनि गर्नुभएको छ ।

४४ वर्षअघि स्थापित विश्व हिन्दु महासंघको विश्वका तीन दर्जन मुलुकमा आफ्नो शाखा रहेको छ ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मा…

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । ज…

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको पर्खाइमा

वैशाख २४, काठमाडौं । तनहुँको व्यास नगरपालिका११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रह…