SamwadKhabar logo

               

विविध

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

Pramila Bhujel

Pramila Bhujel

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।

देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययनअनुुसार ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र(लाइसेन्स) जारी भएको भेटिएको थियो ।

प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो ।

ताजा

सबै

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल…

यो पनि

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

सुकेधारामा भेटिएको शवको सनाखत

सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडक…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला

वैशाख २८, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा तारले रुखमा बाँधेर जलाइएको अ…

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

वैशाख २६, काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई …