SamwadKhabar logo

               

विचार

नेपालमा डलरको बलमा हिन्दू विरुद्ध षड्यन्त्र भइरहेको छ : विश्लेषक प्रकाश रायमाझी

Pramila Bhujel

Pramila Bhujel

नेपालमा डलरको बलमा हिन्दू विरुद्ध षड्यन्त्र भइरहेको छ : विश्लेषक प्रकाश रायमाझी
१७ असोज, काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालमा डलरको बलमा हिन्दू विरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले देशमा कुनै किसिमले धार्मिक सहिष्णुतामाथि आँच आउने कार्य भएमा त्यसको मुल्य सरकारले चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् । गौतम बुद्ध जन्मेको पवित्र थलोमा गौहत्या जस्ता दण्डनीय अपराधहरुलाई सरकारले संरक्षण गर्न नहुने उनको तर्क छ । रायमाझीले मंगलबार एक वक्तब्य जारी गर्दै लेखेका छन्,“नेपालमा कुनै किसिमले धार्मिक सहिष्णुतामा आँच आउने कार्य गरियो भने तथाकथित प्रचण्ड र बाबुराम प्रवृत्तिका बिदेशीका खेतालाहरूले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था उत्पन्न हुन्छ ।” इसाई धर्मालम्बीहरुको पैसाको बलमा सरकारले ॐकार परिवारमाथि सधैं गिद्दे नजर राख्दै आएको उनको आरोप छ । “भर्खरमात्र नेपालमा बधशाला खुलेर चिनमा मासु निर्यात गर्ने सम्झौता गर्ने कुबुद्धि भएको यो आततायी सरकारले वैदिक सनातन धर्मालम्बी ॐकार परिवार माथि सधैं गिद्दे नजर राखेको छ, इसाईहरूको पैसाको बलमा ।”–रायमाझीद्धारा जारी वत्तव्यमा उल्लेख छ । वैदिक सनातन धर्मालम्बीहरु अहिंसा र शान्तिको बाटोमा कहिले नडगमगाउने बताउँदै उनले आफूहरुको धर्म परम्परामाथि कतैबाट हस्तक्षेप भएमा मुखदर्शक भएर रमिता हेर्न नसक्ने पनि चेतावनी दिएका छन् । गौहत्या जस्ता दण्डनीय अपराधहरुलाई संरक्षण गरेर सरकारले जातीय सद्भाव कायम गर्न नसकेको उनको टिप्पणी छ । लेखक समेत रहेका रायमाझीले नेपालमा पशुपंक्षीहरुको वध गर्ने परम्परा बन्द गरेर बुद्ध जन्मेको पावन भूमिबाट विश्वलाई अहिंसा मुलुकको परिचय दिनुपर्ने सुझाव दिएका छन् । उनले लेखेका छन्, “राष्ट्रको समृद्धिमा आ–आफ्नो क्षेत्रबाट योगदान गरौं, हत्या हिंसाको बाटोबाट देशले निकास नपाएको विगतका तीतो अनुभवलाई विस्मृतिमा पनि हामी राख्न चाहँदैनौ। सर्वे भवन्तु सुखिनः वसुधैव कुटुम्बकम यो बाणीलाई हामीले आत्मसात् गर्न सकौ।” रायमाझीले नेपालगन्जको घटना प्रतिनिधि पात्र मात्र भएको भन्दै यस विषयमा सरकारलाई गम्भिर हुन पनि आग्रह गरेका छन् । मंगलबार बिहान ओमकार परिवारले निकालेको र्यालीका क्रममा सार्बजनिक सम्पति तोडफोड, ढुंगा प्रहार र विरोध प्रदर्शन भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार १ बजेदेखि अनिश्चितकालीन कर्फु आदेश जारी गरेको छ । साभारः नेपालीपेनडटकमबाट

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्…

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री ए…