SamwadKhabar logo

               

विचार

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

Pramila Bhujel

Pramila Bhujel

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर
– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्मकता, विवेक करूणा, शान्ति, वात्सल्य, प्रेम, समानता र पुरुषार्थका प्रतिमूर्ति हुनुहुन्छ । भगवान रामलाई सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिले विश्व पुरुषको रूपमा इतिहासदेखि वर्तमानसम्म सबैले स्वीकार गरेका छन् । सम्पूर्ण विश्वमा सुविचार, स्वस्थ आचरण, नैतिकता, आत्मबोध, अध्यात्मबोध, सत्य मार्गमा हिँड्ने प्रेरणा, विश्व परिवार भावना, करूणा, दया, समभाव, विश्व बन्धुत्व र सद्गुण प्रवृत्तिको विचार प्रवाह गर्ने सनातन हिन्दू जीवन दर्शनका प्रतिक हुनुहुन्छ भगवान् श्रीराम । राम जन्मभूमि अयोध्यामा विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य भूमिलाई पाउन हिन्दूहरूले ५ सय वर्ष सम्म अनवरत संघर्ष गरे । लाखौं हिन्दूले बलिदान दिए । यसै विषयलाई लिएर हिन्दू लगायतका ओमकार परिवारका सदस्यहरूबाट धेरै संघर्ष भए । विधर्मी आततायिहरूको धेरै दुःख सहनु प¥यो । सन् १९८० पश्चात् विश्व हिन्दू परिषद्को नेतृत्वमा उक्त स्थानमा राम मन्दिर निर्माण गर्ने अभियान चल्यो र उक्त अभियान सन् २०१९ को सुप्रिम कोर्टको आदेशसँगै पूर्णतातिर पुग्यो । यस लगत्तै सन् २०२० को ५ फेब्रुअरीमा मोदी सरकारको नेतृत्वमा राम मन्दिर निर्माणको घोषणा गरियो । भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट राम मन्दिर निर्माणका लागि सहयोग राशी प्राप्त भए पश्चात् राजनीतिक व्यक्तित्व, समाजसेवी एवं आम नागरिकबाट सहयोग राशी संकलन भएको थियो । लाखौँको संख्यामा विश्व हिन्दू परिषद्का कार्यकर्ता सहयोग राशी संकलनका लागि परिचालित भएका थिए । संभवत कुनै मन्दिर निर्माणका लागि विश्वभरिका हिन्दूहरूले स्वस्फूर्त रूपमा त्यति ठुलो जनसहभागितामा संकलन भएको इतिहासमै पहिलो हुनुपर्दछ ।

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्रका रूपमा अयोध्यास्थित राम मन्दिर थियो त्यसलाई विधर्मीहरूले भत्काए, अनेक षडयन्त्र गरे पनि ५ सय वर्षपछि त्यो गौरवपूर्ण धरोहर फेरि भव्य भएर पुर्ननिर्मित भएको छ । यसले विश्वमा हिन्दू जागरणको प्रेरणा दिनेछ ।

५ अगस्ट, २०२० मा भूमि पूजन गरी प्रारम्भ भएको विशाल मन्दिर निर्माण कार्य द्रुत रूपमा अगाडि बढेको छ । भव्य राम मन्दिर निर्माण अन्तिम चरणमा रहेको छ । सन् २०२४ जनवरी २२ मा प्राण-प्रतिष्ठा गरी समुद्घाटन हुने विश्वका हिन्दूहरूको आस्था र श्रद्धाको केन्द्र राम मन्दिरले विश्वका सनातनी हिन्दूहरूको मनलाई एकपटक अयोध्यामा केन्द्रित गराउने छ । विभिन्न कालखण्डमा भएका आक्रमणहरूले सनातन हिन्दूहरूमाथि पु¥याएको घाउलाई पुर्दै पुनः सत्यको जीतको प्रमाण र प्रतीक बनेर राम मन्दिर रहनेछ । भगवान्ले तत्कालीन लङ्काको स्वर्णीम वैभवलाई त्यागेर आफ्नै अयोध्या फकिर्नु भयो । आफ्नो जन्मस्थानलाई, स्वदेशलाई रक्षाका लागि रावणको आतङ्क र दुराचार प्रवृत्तिको अन्त्यका लागि शस्त्र उठाउनु भयो । श्रीराम जातीय उचनिचको विकृति, सामाजिक विकृतिलाई समाप्त गरी सामाजिक समानताको पाठ सिकाउनेवाला हुनुहुन्छ । श्रीरामबाट प्रकृतिको काखमा बसेका हुर्केका आदिवासी, जनजाति समाजलाई राष्ट्रको समृद्धिको मूलधारमा ल्याउने प्रेरणा लिन सकिन्छ । भगवान् श्रीरामले जनजाति समाजलाई आशा, आत्मीयता संचार गर्नुभयो । समाजलाई संगठन सूत्रमा बाँधेर एक विजय शक्ति खडा गरी उनीहरूलाई अधिकार, सम्मान दिलाउन वालि र रावण जस्ता असुर प्रवृत्तिको अन्त्य गर्नुभयो । किस्किन्धादेखि लङ्कासम्मको विशाल साम्राज्यलाई त्याग गरी सन्यासीको रूपमा अयोध्या फर्की सनातन हिन्दू विचार चिन्तनको आदर्श विश्वलाई दिनुभयो । विश्वमा अनेकौं व्यवस्थाहरूमध्ये रामराज्यमा सबैले न्याय पाएको इतिहासदेखि वर्तमानसम्मका सबैले स्वीकार गरेका छन् । तथ्यहरूले पुष्टि पनि गर्दछन् । त्रेतायुगदेखि कलियुगसम्म हजारौँ वर्षको समय पश्चात् पनि श्रीरामजीको सम्पूर्ण चरित्र र कार्यलाई सबैले एक आदर्शको रूपमा लिनु सामान्य विषय होइन, यो निश्चित रूपमा प्रत्यक्ष भगवानकै शासन व्यवस्था थियो भन्ने प्रमाणित हुन्छ । इतिहासको यस महत्वपूर्ण र ऐतिहासिक क्षणमा विश्वको जुनसुकै कुनामा छरिएर बसिरहेका सनातन विचारमा आस्था र विश्वास राख्नेहरू सबैले हर्ष उल्लासका साथ राम मन्दिर उद्घाटनको दिनलाई दिव्य विजय उत्सव मनाउने छन् र हिन्दू समुदायले दिएको बलिदानलाई आत्मसाथ गर्दै, सम्मान गर्दै मनाउनै पर्छ पनि । विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्रका रूपमा अयोध्यास्थित राम मन्दिर थियो त्यसलाई विधर्मीहरूले भत्काए, अनेक षडयन्त्र गरे पनि ५ सय वर्षपछि त्यो गौरवपूर्ण धरोहर फेरि भव्य भएर पुर्ननिर्मित भएको छ । यसले विश्वमा हिन्दू जागरणको प्रेरणा दिनेछ । भगवान् श्रीरामको प्रेरणा र आशिर्वादले मनुष्यहरूलाई सत्कर्ममा लाग्न प्रेरणा, ऊर्जा र शक्ति प्राप्त होस् । यस घटनाक्रमबाट हामी सबै नेपालीलाई आफ्नो धरोहर, संस्कृति, मूल्य र मान्यताको संरक्षण गर्ने प्रेरणा मिलोस् ।

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्…

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री ए…