SamwadKhabar logo

               

विचार

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

Pramila Bhujel

Pramila Bhujel

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग
पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको  बताएकी छिन् ।  । नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् । सभापति राणाले भनिन्,  ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ । विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ ।’’ यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक र विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन् । उनलेअन्तर्राष्ट्रिय धेरै देशमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि भनाइ राख्नुभयो । सभापति राणाका अनुसार बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हो । सभापति राणाले भनिन्, ‘‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ । विवाहका लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु सन् २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौँ भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ ।’’    

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्…

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री ए…