SamwadKhabar logo

               

धर्म संस्कृति

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा–अर्चना

Pramila Bhujel

Pramila Bhujel

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा–अर्चना
फागुन ६, काठमाडौं । आज आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेल पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतको माधवनारायण मेलामा बिहान सहभागी भएका हुन् । राष्ट्रपति पौडेलले शालीनदीमा जल अभिषेक गरे । राष्ट्रपति पौडेलले वज्रयोगिनी मन्दिरमा समेत दर्शन एवम् पूजा अर्चना गरे । नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुुसीको विषय भएको बताए । वज्रयोगिनी मन्दिर पुग्दा शङ्खरापुर– ८ का वडाध्यक्ष पोटे थिङ र ४ का वडाध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए । उनले भृकुटी र स्रङचङगम्पोसँगको ऐतिहासिक महत्व जोडिएको वज्रयोगिनी र धार्मिक एवम् ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुको साथै सांसद र नगरप्रमुख एवम् उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि वज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए। उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे । सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरिन् । “शालीनदी र माधवनारायण मन्दिर पौराणिक एवं धार्मिक हिसाबले महत्वपूर्ण भए तापनि ओझेलमा परेको छ”, उनले भनिन् “भूकम्पपछि धेरै मन्दिर निर्माणधीन अवस्थामा छन्, यसमा सहजीकरण हुने विश्वास लिएका छौँ ।” राष्ट्रपति पौडेल शालीनदी पुग्दा उनलाई सांसदद्वय गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।  

ताजा

सबै

कास्कीमा हावाहुरीले १४ घरमा क्षति

जेठ १८, काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीका कारण १४ वटा घर र दुईवटा…

मनाङको चामेमा स्वेता रक्तदान अभियानको रक्तदान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । स्वेता रक्तदान अभियानले मनाङको चामेमा रक्तदान कार्यक्रम गरेको छ ।…

सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार

जेठ १७, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार …

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

जेठ १७, काठमाडौं । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्याल…

लोकप्रिय

सबै

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुप…

हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

जेठ १७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बि…

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

जेठ १६, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा आज सुनुव…

यो पनि

अब असार १ गतेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

अब असार १ गतेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

जेठ १६, काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । पशुपत…

धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक : पूर्व प्रधान न्यायधिश गोपाल पराजुली

धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक : पूर्व प्रधान न्यायधिश गोपाल पराजुली

नरेन्द्र देव यरी जेठ १३, काठमाडौं । पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले धर्मनिरपेक्ष…

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

जेठ ९, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू भएको छ । यो…

घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

जेठ ८, काठमाडौं । स्थानीयस्तरमा हुने विवाद, मनमुटाव सामूहिक छलफलबाटै मेलमिलाप गरा…