SamwadKhabar logo

               

धर्म संस्कृति

सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै

Pramila Bhujel

Pramila Bhujel

सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै

चैत्र १९, काठमाडौं ।   राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहँदै आएको आदिवासी रानाथारु समुदायले एक महिना ८ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिन सोमवार रानाथारु समुदायले खखडेहरा पर्व मनाउँछन् । 

राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै मौलिकता रहेको छ । खखडेहरा पर्वमा बिहानै राना थारु समुदायका अगुवाले घर–घरबाट पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । उनीहरुले पूजा गर्न सात प्रकारको अन्न सङ्कलन गर्दछन् ।  राना थारु समुदायले सङ्कलित पूजा सामग्रीलाई  ‘सत्ना’ भन्ने गर्दछन् ।

खखडेहरा पर्वको पूजा भने विशेष गरी साँझपख नै गर्ने गरिन्छ ।

गाउँको रीतितिथि, संस्कृति बसाल्नका लागि नियुक्त गरेका भलमन्सा, चाकर, भर्रालगायतले गाउँको चौबाटोमा विधि विधानअनुसार पूजा गरी सकेपछि माटोको गोली अर्थात् माटोबाट बनाइएका हडिया, खप्टा, घोडाको मूर्ति, दियोलगायत फोड्ने चलन छ । राक्षसी प्रवृत्तिलाई भगाउन जाने भएकाले फोडेर फर्कने क्रममा पछाडि फर्केर हेर्नुहुँदैन, फर्केर हेरेमा सँगै घर फर्कने र अनिष्ट निम्त्याउँछ भन्ने जनविश्वास रहेको छ । ती माटाका गोलीलाई यो समुदायमा 'खखडेहरा' भन्ने गरिन्छ । 

साँझपख घर घरमा पुगेर फगुवा माग्ने गरिन्छ । फगुवामा गच्छे अनुसारको नगद रकम माग्ने गरिन्छ । फगुवा माग्नेले साँझ रमाइलो गर्दै भोज खाने गर्दछन । साँझपख महिला र पुरुषले परम्परागत शृङ्गार गरी होली खेल्ने गरिन्छ । यो पर्वमा गरिने पूजाले अन्नबाली सप्रने, रोगव्याधि हट्ने, गाउँमा खुशियाली छाउने भन्ने जनविश्वास रहेको पाइन्छ ।

रानाथारु समुदायले फागुन १२ गते पूर्णिमाको रातिदेखि होरी मनाउन थालेको हो । २ चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदायले पहिलो चरण अन्तर्गत फागुन पूर्णिमा १२ गतेदेखि चैत पूर्णिमा १२ गतेसम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाउने गर्दछन् । 

 

 

 

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हु…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा स…