SamwadKhabar logo

               

विविध

गुल्मीमा विद्युतीय गाडी संचालन

Pramila Bhujel

Pramila Bhujel

गुल्मीमा विद्युतीय गाडी संचालन

चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएको छ ।

मैत्री यातायात्र प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमका अनुसार  गुल्मी जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि  जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बिहीबार मैत्री यातायात सेवाको शुभारम्भ गरेका हुन् ।खत्रीले वातावरणमैत्री गाडी सञ्चालनमा ल्याएकोमा नागरिकलाई सहज सेवा दिन आग्रह गरे । विद्युतीय गाडी भित्रिएसँगै यात्रुलाई पनि भाडामा राहत हुने भएकाले स्तरीय सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए। 

मैत्री यातायात प्रालिले एक महिनादेखि विद्युतीय गाडी परीक्षणका रुपमा सञ्चालन गरेर बिहीवारबाट औपचारिक रुपमा सञ्चालनमा आएको जनाएको छ। 

हरेक विद्युतीय गाडी १४ सिट क्षमताका रहेका छन्। तम्घासदेखि बुटवलसम्मको भाडा प्रतिव्यक्ति ५६५ रुपैयाँ कायम गरिएको गौतमले बताए।

विद्युतीय गाडीमा कायम गरिएको भाडा डिजेल गाडीको तुलनामा २५ प्रतिशतसम्म सस्तो रहेको मैत्री यातायात प्रालिले जनाएको छ। विद्युतीय गाडीको लागि मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशन बनाएको छ। 

विद्युतीय गाडीमा सीसीटीभी, क्यामेरा, वाईफाई, जीपीएससमेत जडान गरिएको छ।

गुल्मी तम्घासबाटै आँगन सेवा यातायात प्रालिले पनि १५ वटा विद्युतीय गाडी सञ्चालन गर्दै छ। कम्पनीका सञ्चालक किरण कुँवरका अनुसार गाडीहरू बुकिङ भइसकेकाले केही समयमै सेवा प्रारम्भ हुनेछ।

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

यो पनि

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

वैशाख १८, काठमाडौं । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्न…

महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

वैशाख १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरप…