SamwadKhabar logo

               

धर्म संस्कृति

भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

Pramila Bhujel

Pramila Bhujel

भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

वैशाख २, काठमाडौं । यस वर्ष पनि बिस्काः जात्राअन्तर्गत आइतबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रामा  २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । 

यसअघि नौपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए।

प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ। मध्यपुर ठिमी– २ मा रहेको गणेश मन्दिर अगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन्। त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्। परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने गरिन्छ।

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाएको मान्यता छ ।

कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ ।

एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन् बुद्धकृष्ण । उनी भन्छन्, ‘यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् ।’ जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने बताउँछन् उनी । ‘जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी छ’, उनले भने ।

 

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हु…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा स…