SamwadKhabar logo

               

विचार

सांस्कृतिक अतिक्रमण हुँदा पनि दलहरूको मौनता किन ?

Samwad Khabar

Samwad Khabar

सांस्कृतिक अतिक्रमण हुँदा पनि दलहरूको मौनता किन ?
इम्बोेस्ड नम्बर प्लेटमा अहिले राष्ट्रभाषालाई विस्थापित गरी अङ्ग्रेजी प्रयोग गराउन लागेको अबस्था हुँदा पनि राजनीतिक दलहरू मौन छन् । इम्बोस्ड नम्बर प्लेट प्रकरणको अर्को गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको देखिन्छ । संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषालाई व्याख्या गर्दै उपधारा (१) बमोजिम “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ” भनेर प्रष्ट पारेको छ । अर्थात् सरकार वा मातहतका निकायहरूबाट कुनै पनि लिखित दस्तावेज वा लिपिबद्ध कार्यक्रमको कार्यान्वयनलाई नेपाली भाषाबाट मात्र गर्नुपर्दछ जबकि अहिले जडान गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी माध्यमबाट प्रिन्ट गरी वितरण गर्ने हो । अर्थात् राज्यले आफै संविधानप्रति उदासीन बन्न खोजेको छ । यसरी नेपाली भाषालाई प्रयोग गर्नुपर्ने संवैधानिक अनिवार्यता हुँदाहुँदै पनि इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिने विदेशी भाषाबाट देशको संस्कृतिमाथि नै प्रहार हुने देखिन्छ । नेपालको पहिचानलाई विस्थापित गराउन लामो समयदेखि योजनाबद्ध प्रयासहरू भइरहेका छन् । धर्मनिरपेक्ष जस्ता संवैधानिक व्यवस्थाप्रति धेरै जनमानसलाई शुरुदेखि नै शंका रहँदै आएको छ । त्यसमा पनि धर्मान्तरणलाई कानुनअनुसार अपराध मानिए पनि त्यसलाई अनुगमन गर्न प्रभावकारी संयन्त्र देखिँदैन । प्राथमिक विद्यालयको पाठ्यपुस्तक मा ‘ई’ बाट “ईसा” पढाउने गरेको पाइन्छ । त्यसैगरी वाक्य निर्माण सिकाउन “ईशानले ईसालाई सम्झेर प्रार्थना गर्छ” जस्ता पदावली प्रयुक्त भई रहेको देखिन्छ र यसमा ईसा मसीहको तस्वीर देखाइन्छ । प्रष्ट बुझ्नुपर्छ कि अहिलेको इम्बोस्ड प्लेट प्रकरण पनि नेपाली भाषालाई विस्थापित गराउने नियोजित प्रयास हो । होइन भने हाम्रो छिमेकी राष्ट्र बांग्लादेश, त्यसै गरी इजिप्ट र जोर्डनमा समेत इम्बोस्ड नम्बर प्लेट जडान गर्न त्यहाँको राष्ट्रभाषालाई प्रयोग गर्न सकिन्छ भने संवैधानिक दायित्व हुँदाहुदै नेपालमा अप्ठ्यारो किन ? भारतमा इस्लामिक आक्रमण नभएसम्म हिन्दी भाषाको गौरव कायम थियो तर मुगल शासक अकबरले राज्यका कार्यालयहरूमा प्रचलित हिन्दीलाई रूपान्तरण गर्दै फारसी भाषा प्रयोग गरेर त्यसको महत्त्व घटाए । अकबरको शासनकालदेखि औरंगजेबको पालासम्ममा हिन्दी भाषा र देवनागरी लिपिलाई सरकारी कार्यालयबाट विस्थापन गरी फारसी भाषालाई स्थापित गराइयो । पछि ब्रिटिसहरूको शासनकालमा फारसीलाई अंग्रेजी भाषाले प्रतिस्थापन ग¥यो जुन आज पनि शीर्ष स्थानमा छ । कुनैपनि राष्ट्रको एकता, अखण्डता र विकासमा भाषाको महत्त्वपूर्ण योगदान हुन्छ । राष्ट्रिय भाषाले देशलाई भावनात्मक र सांस्कृतिक रूपमा व्यवस्थित गर्न मद्दत गर्दछ । भाषा नै वैचारिक आदानप्रदानको आधारभूत तत्त्व हो । नेपाली भाषा र देवनागरी लिपि वर्षौंदेखि नेपालका अधिकांश मानिसहरूको दैनिक जीवनको हिस्सा बनेको छ । नेपालको धार्मिक र सांस्कृतिक पहिचानलाई विस्थापित गराउन बारम्बार दुष्प्रयास हुनेगरेको छ । विगतमा विक्रम सम्वत् र शनिवारको विदालाई विस्थापन गराउने प्रयास भएकै हो । अहिले इम्बोस्ड प्लेट मार्फत् विदेशी भाषाको प्रवेश पनि त्यसैको निरन्तरता हो । त्यसैले यसको अन्तर्निहित षडयन्त्रलाई बुझेर समयमै सचेत हुनु आवश्यक छ । साभारः हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको फेसबुक पेजबाट https://www.facebook.com/hindunepal.np  

ताजा

सबै

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक वि…

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्…

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री ए…