SamwadKhabar logo

               

युवा

एम्बुलेन्समा गाँजा तस्करी गर्नेको संख्या बढ्दै

Pramila Bhujel

Pramila Bhujel

एम्बुलेन्समा गाँजा तस्करी गर्नेको संख्या बढ्दै
फागुन १५, काठमाडौं । एम्बुलेन्समा अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनदिनै सार्वजनिक हुन थालेको छ । सोमवार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेलापरेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ । ५२ वटा प्लास्टिकको प्याकेटमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिनुभयो। झापास्थित हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स नोबेल अस्पताल विराटनगरदेखि साँगुरीगढी गाउँपालिका ३ मा बिरामी लिएर आएको अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ । पछिल्लो वर्षदेखि एम्बुलेन्सको दुरुपयोग बढ्दोक्रम देखिएको छ । एम्बुलेन्स बिरामी बोक्ने नभएर गाँजा बोक्ने भएको छ । एम्बुलेन्समा नियमअनुसार अक्सिजनको व्यवस्था गर्नुपर्ने, दमको औषधि दिने यन्त्र राख्नुपर्ने, पानी चढाउने व्यवस्था हुनुपर्ने र स्ट्रेचर राख्नुपर्ने हुन्छ । तर यहाँ सञ्चालित एम्बुलेन्समा यो सबै व्यवस्था छैन । स्वास्थ्य मन्त्रालयले बनाएको नियम खुकुलो नभएको भए एम्बुलेन्सको दुरुपयोग बढ्ने थिएन । प्रहरीले विना चेकजाँच एम्बुलेन्सको लागि बाटो खुला गर्ने गरेको थियो । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुने भएकोले एम्बुलेन्सबाट गाँजा तस्करी गर्नेको संख्या बढेको हो । गत असोज यता सुनसरीबाट मात्रै प्रहरीले १६ सय ९८ किलो ३४६ ग्राम गाँजा  र ओसारपसारमा संलग्न  ६० जनालाई पक्राउ गरेको थियो ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…