SamwadKhabar logo

समाचार

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

Pramila Bhujel

Pramila Bhujel

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गोकर्णेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेविसंघले विभिन्न माग राखी देशैभरका पालिकाहरुमा आज ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

बिहिवार १७ बुँदे माग राख्दै नेविसंघका केन्द्रीय प्रतिनिधि पारस बस्नेतले नगर प्रमुख दिपक रिसाललाई ज्ञापन पत्र हस्तान्तरण गरे । सो अवसरमा नेविसंघका केन्द्रीय प्रतिनिधि सुशिल खनाल, विजय लामा, नेविसंघ गोकर्णेश्वर नगर समिति अध्यक्ष भरत अर्याल, उपाध्यक्ष दावा नोर्बु शेर्पा लगायत नगर समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख रिसालले गुणस्तरीय शिक्षाका लागि गोकर्णेश्वर नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढेको धारणा व्यक्त गर्दै नगरपालिकामा शैक्षिक विकासका लागि भएका कार्यहरुको जानकारी समेत दिए ।

नगर प्रमुख रिसालले देशका ७५३ वटै पालिका मध्ये गोकर्णेश्वर स्थानीय पाठ्यक्रम बनाउने देशकै पहिलो नगरपालिका भएको, नगरपालिकामा सबै सामुदायिक विद्यालयमा अनिवार्य स्वास्थ्यकर्मीको व्यवस्था भएको, प्राविधिक शिक्षाको व्यवस्था गरिएको, नगरपालिकाले वार्षिक २५ लाख सहयोग गरी ओख्रेनी, मुलखर्कका विद्यार्थीलाई यातायातको व्यवस्था गरेर उल्लेखनीय कार्य गरेको बताए ।

नेविसंघ केन्द्रीय समितिको निर्णय अनुसार विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्नयन गर्ने मूल उद्देश्यका साथ देशका ७५३ वटै पालिकामा ज्ञापन पत्र बुझाउदै छ । नेविसंघले आधारभूत र माध्यामिक तहसम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न १७ बुँदे माग सहित गोकर्णेश्वर नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा नेपालको संविधानलाई आत्मसात गर्दै विद्यालय शिक्षा पूर्णतः निशुल्क गर्न माग गर्दै स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २०% (बीस प्रतिशत) अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्न माग गरेको छ ।

यसैगरी, गुणस्तरीय शिक्षा, ड्रेस कोड, पाठ्यक्रममा एकरुपता, बालविकासमैत्री तथा प्रविधिमैत्री शैक्षिक सामग्रीको व्यवस्थापन, स्थानीय पाठ्यक्रमको व्यवस्था, एउटै विद्यालयमा पटक पटक भर्ना गर्नु पर्ने अवस्थाको अन्त्य लगायतका मागहरु रहेका छन् ।

विद्यार्थीले विद्यालय जाँदा शैक्षिक सामग्रीहरु बोक्ने झोलाको वजन घटाउन, प्रविधिसँग अभ्यस्त आजका विद्यार्थीको रुझान समेतलाई ध्यान गरी प्रविधिमैत्री पाठ्यपुस्तक, सिकाइमा अधिकतम प्रविधिको प्रयोग र प्रत्येक विद्यार्थीलाई पाठपुस्तक र शैक्षिक सामग्री सुरक्षित राख्न विद्यालय हाताभित्रै उचित प्रवन्ध मिलाइन समेत नेविसंघले माग गरेको छ ।

यसैगरी ज्ञापन पत्र हस्तान्तरण पछि नेविसंघको प्रतिनिधि मण्डलले सुन्दरीजलस्थित बिपि संग्रहालयमा पुगेर बिपिको शालिकमा माल्यार्पण गरेको छ ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि