SamwadKhabar logo

               

खेलकूद

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

Pramila Bhujel

Pramila Bhujel

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
फागुन २९, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो। हङकङमा जारी सिरिज अन्तर्गतको खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९८ रन बनायो। नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। ब्याटिङमा ५९ रन बनाएका भुर्तेलले बलिङमा ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए। पिएनजीका लागि हिरीहिरीले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक सेसे बाउले २१ रन तथा टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए। नेपालका लागि कुशलले सर्वाधिक ४ विकेट लिँदा प्रतिश जिसीले २ विकेट तथा आकाश चन्द र गुल्सन झाले समान १(१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाएका थिए। उनले करिअरको ८ औं अर्धशतक पुरा गर्दै टी(२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने दोस्रो खेलाडीसमेत बने। भुर्तेलले ३६ औं इनिङमा एक हजार रन पुरा गरेका हुन्। उनले यो बीचमा एक शतक र ८ अर्धशतक प्रहार गरेका छन्। टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्। उनीअघि दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका थिए। त्यस्तै, नेपालका लागि सन्दीप जोराले विस्फोटक अर्धशतक प्रहार गरे। जोराले २६ बलमा ५६ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, बिबिके यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दा नेपालले उच्च स्कोर बनायो। विववेकले ४ बलमा १९ रन बनाए। त्यस्तै, लगुल्सन झाले १२ बलमा १५ रन बनाउँदा लोकेश बम १४ रनमा आउट भएका थिए। पिएनजीका लागि आसाद भालाले २ विकेट लिँदा नोसाइना पोकना, जोन करिको र नोर्मन भनुवाले समान १-१ विकेट लिए।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलम…