SamwadKhabar logo

               

अर्थ व्यवसाय

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

Pramila Bhujel

Pramila Bhujel

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् । धनकुटा –४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे नरिवल बिस्कुट धनकुटाको पहिचान बनेको छ ।

धनकुटामा हातबाट निर्मित नरिवल बिस्कुटको  इतिहास ७० वर्ष पुरानो हो । वि.सं २०११ मा स्थापित धनकुटा नगरपालिका(४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो । औपचारिक रुपमा वि.सं २०३० मा उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन् ।

उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ । उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्ती लगायतका स्थानबाट कोसेलीका रुपमा बिक्रि हुने गरेको छ । १२ जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रुपमा लाने गरेका छन् ।

धनकुटा नगरपालिका-६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ । बिगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दै आएको उद्योगका सञ्चालक टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकै रुपमा बिक्री हुने गरेको जानकारी दिए ।

कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रुपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ । ‘यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रुपमा नै जाने हो’, कटुवालले भने ।

त्यस्तै २०६६ सालबाट दुई लाख लागतमा धनकुटा-१ हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गर्नुभएका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छन् । उनले पनि धनकुटाको पहिचान तथा कोसेलीका रुपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताए ।

अहिले नरिवल बिस्कुटको खुद्रा मुल्य प्रति झोला रु ६० देखि ८० सम्म छ । जिल्लामा प्रायः सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ । बिगत ११ वर्षदेखि धनकुटाको बसपार्कमा ब्यपार गर्दै आएका चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रुपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्रायः सबै बिस्कुट कोसेलीका रुपमा बिक्री हुने गरेको छ । जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुईरदुई वटा र सहिदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा रहेका छन् ।

–रासस 
 

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

वैशाख २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकु…