SamwadKhabar logo

अर्थ व्यवसाय

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

संवाद खबर

संवाद खबर

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार अन्तिम साधारण सभा सुनगाभा पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी माननीय बिमल ठकुरीले गर्नु भएको थियो ।

नयाँपाटी साकोसका अध्यक्ष गौतम खनालको अध्यक्षतामा भएको साधारण सभामा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको विशेष अतिथ्यता रहेको थियो भने गोनपा ४ का अध्यक्ष जयराम महतको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय गान र सहकारी गानबाट शुरु भएको साधारण सभाको उद्घाटन प्रमुख अतिथी माननीय मन्त्री ठकुरीले दिप प्रज्ज्वलन गरि गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी माननीय मन्त्री बिमल ठकुरीले नेपालको आर्थिक सामाजिक विकासमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताउनु भयो ।

विशेष अतिथी नगर उपप्रमुख सान्नानी लामाले नयाँपाटी साकोसमा आफू पनि लामो समयदेखि सदस्य भएको बताउनु हुँदै सहकारीको स्थायित्व र विश्वसनीयताको प्रशंसा गर्नु भयोे ।

गोनपा ४ का वडा अध्यक्ष जयराम महतले नयाँपाटी विश्वसनीय समुहले सञ्चालन गरेको सहकारी भएकोमा प्रसंशा गर्नु हुँदै देशमा धेरै ठूला सहकारीमा समस्या देखिँदा पनि नयाँपाटी सहकारीले पूर्ववत् सहज र नियमित रुपमा कार्य गरिरहेको भन्दै प्रसंसा गर्नु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै पूर्व अध्यक्ष नारायण भक्त श्रेष्ठले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहकारीको सञ्चालक समिति, कर्मचारी लगायतले पदीय दायित्व पूर्ण रुपमा पालना गरि आगामि दिनमा दीर्घकालिन योजनाका साथ प्रभावकारी कार्यान्वयनमा जोड दिनु भयो ।

नयाँपाटी साकोसका अध्यक्ष गौतम खनालले सहकारीले आगामि दिनमा योजनाबद्ध रणनीति बनाएर ऋण उठाउने र रकम सुरक्षित गर्ने तर्फ लाग्नु पर्ने बताउनु भयो । स्थानीय उत्पादनका क्षेत्रमा लगानी गर्ने, युवा उद्यमशीलता बढाउने, महिलाका व्यवसायको वृद्धि जस्ता क्षेत्रमा सुहलियत ब्याजका ऋण दिने नयाँ किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी माननीय बिमल ठकुरीलाई खादा ओडाएर र नेपाली टोपी लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले राख्नु भएको थियो । प्रवन्धक रमेश श्रेष्ठले सहकारीको विकासक्रमका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष वशन्त कुमार पण्डित क्षेत्रीले, वार्षिक प्रगति प्रतिवेदन सचिव चिरञ्जिवी सिंखडा र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक बालकृष्ण श्रेष्ठले राख्नु भएको थियो । प्रतिवेदनहरुमाथी छलफल पछि सभाले पारित गरेको थियो ।

नयाँपार्टी साकोसको क्षेत्रगत साधारण सभा असोज ६ गते कागेश्वरी मनोहरा–१, भोर्लेटारबाट शुरु भएको थियो । यसैगरी असोज ७ गते गोकर्णेश्वर– १ वाराही चोकमा, असोज ८ गते नयाँपाटी सहकारीको मुख्य कार्यालय प्राङ्गणमा, असोज ९ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरमा, असोज १० गते जोरपाटी सेवा केन्द्रको कार्यालय नजिक, होण्डा शो रुम नजिक, संस्थाको आफ्नै जग्गामा भएको थियो ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…