SamwadKhabar logo

               

विश्व

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

Pramila Bhujel

Pramila Bhujel

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । 

होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए । कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

वैशाख २६, काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि…

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

वैशाख २५, काठमाडौं । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो …

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

बाढीको चपेटामा ब्राजिल, ७५ जनाको मृत्यु, ८८ हजार जना घरवारविहीन

वैशाख २४, काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्…