SamwadKhabar logo

               

खेलकूद

बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङलाई

Pramila Bhujel

Pramila Bhujel

बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङलाई
चैत्र २, काठमाडौं । बिहीवार साँझ बौद्धमा सम्पन्न भएको स्वर्गीय बाबुछिरी शेर्पा खुला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले हात पारेका छन् । महिलातर्फ सिर्जना तामाङ र पुरुषतर्फको तेन्जिङ राईले उपाधि जितेको हो । विजेता दुवै जनाले नगद ५० हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा पुरुष २६ र महिला १५ जना गरी ४१ जना प्रतिस्पर्धी सहभागी थिए । पुरुषतर्फ रोनक उप्रेती दोस्रो र साजन लामा तेस्रो भए। यसै गरी महिलातर्फ स्वस्तिका चौधरी र प्रेरणा राई क्रमशः दोस्रो र तेस्रो भए । पर्वतीय खेलकुद सङ्घका अध्यक्ष ङावाङ निमा शेर्पाका अनुसार विजेताले क्रमशः ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ । विश्व कीर्तिमानी आरोही बाबुछिरी शेर्पाको योगदानको सम्झनामा आयोजना गरिएको प्रतियोगिता पर्वतीय खेलकुद सङ्घ र सगरमाथा आरोही सङ्घको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । १० औँ पटक सगरमाथा शिखर चुमेका स्वर्गीय बाबुछिरी शेर्पालाई सम्झिँदै साहसिक खेलको क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तर गर्ने उनको भनाइ छ ।  

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलम…