SamwadKhabar logo

               

राजनीति

वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्छ : सांसद भीमप्रसाद आचार्य

Pramila Bhujel

Pramila Bhujel

वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्छ : सांसद भीमप्रसाद आचार्य
चैत्र २, काठमाडौं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन् । तालिम निःशुल्क रूपमा दिने व्यवस्था गर्नुपर्ने, विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने बताए । उनले विदेश जान चर्को व्याजमा ऋण लिने गरिएको भन्दै उनीहरूलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले भने,‘वैदेशिक रोजगारमा जान चाहानेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ । तालिमप्राप्त कामदारहरूको आय दुई गुणा बढी हुन्छ । संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहाने कामदारहरूलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ । ६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ । र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफूले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् । यो अव्यवस्थालाई सरकारले अन्त्य गर्नुपर्दछ । यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहाने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरूलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंकमार्फत् रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरू ठगिने सम्भावना कम हुन्छ ।’

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वैशाख १६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्…