SamwadKhabar logo

               

धर्म संस्कृति

परम्परागतरुपमा ‘होल्का डुङ्ना’ मनाउँदै कञ्चनपुरका थारु समुदाय

Pramila Bhujel

Pramila Bhujel

परम्परागतरुपमा ‘होल्का डुङ्ना’ मनाउँदै कञ्चनपुरका थारु समुदाय

चैत्र १२, काठमाडौं । होलिका जलाएको खरानी देवस्थानमा चढाएर ढोग गरेपश्चात खरानीसहित परिवारलाई रङ दलेर होली मनाउने प्रचलन थारु समुदायमा रहेको छ । होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ । 

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मनिराम डगौरा सोमवार बिहानै होल्का (होलिका० जलाएको ठाउँबाट खरानी लिएर घर आएका छन् ।

उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए । 

वर्षौं पुरानो यो चलन थारु समुदायमा पुस्तान्तरण हुँदै अहिले पनि रहिआएको मनिरामले बताए । होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रुपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा यहाँका थारु समुदायमा रहेको उनले जानकारी दिए ।

परम्पराअुनसार आइतवार साँझ मनिरामलगायत गाउँका थारु समुदायले देउथानमा होलिका जलाउने कार्य गरे। जल्दै गरेको होलिकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए । उनले भने, ‘तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना ९बाहुन० बनाएर एकपल्टे ९एकातर्फ मात्रै पाकेको० रोटी पकायौं । बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौं ।’

नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामले बताए । उनका अनुसार देउथानमा बालेको नयाँ आगो घर-घरमा भित्र्याउने चलन थारु समुदायमा छ ।

होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने जनविश्वास रहेको उनले बताए ।

‘सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्’, स्थानीय गहनु चौधरीले भने ।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिएको उनले बताए । आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रुपमा समान बाँड्ने चलन रहेको उनले जानकारी दिए ।

घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने चौधरीले बताए । होलीका जलाएको ठाउँमा सोमबार गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी ९एक प्रकारको झाडु० ले निभाउने र उक्त ठाउँ सफा गरेका छन् ।

घर परिवारमा खरानीको टिका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम भइरहेको जोनापुर गाउँका भलमन्सा सुरेश चौधरीले बताए । ‘यतिबेला एक अर्कामा रङ लगाउँदै ढोगसलाम गर्ने काम भइरहेको छ’, उनले भने, ‘रमाइलोका लागि विगतको जस्तो हिलो छयाप्ने कामलाई निरुत्साहित गर्दै आएका छौं ।’

रङ लगाएर रमाइलो गर्ने, नाचगानसहित खुसियाली साटासाट गर्ने प्रक्रिया भालिसम्म जारी रहने चौधरीले बताए । होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टिका लगाउने र आशिर्वाद लिने चलन पनि थारु समुदायमा रहेको उनको भनाइ छ ।–रासस

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हु…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा स…