SamwadKhabar logo

               

खेलकूद

आयरल्याण्ड ‘ए’लाई हराउँदै नेपालले जित्यो दुई खेलको टी–२० शृंखला

Pramila Bhujel

Pramila Bhujel

आयरल्याण्ड ‘ए’लाई हराउँदै नेपालले जित्यो दुई खेलको टी–२० शृंखला

चैत्र १३, काठमाडौं । मंगलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’लाई ७१ रनले हराउँदै दुई खेलको टी–२० शृंखला जितेको छ। यसअघि सोमवार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित हात पारेको थियो ।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालका लागि गुल्सन झाले ४६, कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२, आसिफ शेखले ११ र विवेक यादवले ७ रन बनाए।

बलिङतर्फ आयरल्यान्डका म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २, फिओन ह्यान्ड र गेभिन होईले समान १ विकेट लिए।

१९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन मात्रै बनाउन सक्यो। आयरल्यान्डका स्टिफन डोहेनीले २६, मोर्गन टपिङले २१, केड कार्माइकलले १८, रोस अडायरले १७ र निल रकले १७ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले ३र३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले समान १ विकेट लिए।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलम…