SamwadKhabar logo

               

शिक्षा

उत्तरपुस्तिका हराउनेमाथि कारवाही गर्न अनेरास्ववियुको माग

Pramila Bhujel

Pramila Bhujel

उत्तरपुस्तिका हराउनेमाथि कारवाही गर्न अनेरास्ववियुको माग

चैत्र १५, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले उत्तरपुस्तिका हराउनेमाथि कारवाही गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तरपुस्तिका हराएपछि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले कारवाही गर्न माग गरेको हो ।

एकातिर परीक्षा सञ्चालन भएको एक वर्षसम्म पनि नतिजा सार्वजनिक गर्न नसक्नु र अर्कोतिर परीक्षार्थीले दिएका उत्तरपुस्तिका हरायो भन्नु परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरवाही रहेको अनेरास्ववियुले दाबी गरेको छ । 

त्रिवि जिल्ला अध्यक्ष समिरराज विष्टले एक विज्ञप्ति जारी गर्दै तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।

परीक्षा नियन्त्रण कार्यालयबाट पटक–पटक भइरहेको चरम लापरबाही, परीक्षा समितिको अध्यक्ष (रजिष्ट्रार) तथा परीक्षा नियन्त्रक एवम् कार्यरत कर्मचारीहरूको गैरजिम्मेवारीपना, उदासीनता र ढिलासुस्ती गर्ने प्रवृत्तिप्रति तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन समेत अनेरास्ववियु त्रिवि जिल्ला कमिटी आग्रह गर्दछ अन्यथा उक्त गतिविधिमा सङ्लग्न सबैलाई अनेरास्ववियु आफैले कारवाही गर्ने चेतावनी दिएको विज्ञप्तिमा उल्लेख छ ।
 

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, काठमाडौं । आफ्नै विधालयबाट नक्कली परीक्षार्थी खडा गराएर कक्षा १२ को परीक्षा…

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

वैशाख १४, काठमाडौं । काठमाडौँको ठुलो भर्याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले…

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

वैशाख ७, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त भएको उपकुलपति पदका लागि ३ जनाको…

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

वैशाख ७, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु…