SamwadKhabar logo

समाचार

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न

Pramila Bhujel

Pramila Bhujel

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न

चैत्र १६, काठमाडौं । राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले  रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न भएको छ। गत ३० फागुनबाट सुरु भएको सिरियल नम्बर ९ को तालिम शुक्रबार सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीको आतिथ्यमा सम्पन्न भएको हो। 

समापन कार्यक्रममा मन्त्री उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तर–सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकोले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षासम्बन्धी विषयमा साझा बुझाई र साझा धारणाको विकास गर्न यस्तो तालिमले महत्वपूर्ण योगदान दिने बताए। निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको र सबैको सक्रिय प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकमा आन्तरिक तथा बाह्य सुरक्षा सुदृढ हुने उनको भनाई छ।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले रणनीतिक तहमा रहेका नेतृत्व वर्गहरूमा सामरिक सोचलाई थप परिष्कृत गर्दै लैजान सकिएमा राष्ट्रिय शक्तिका प्रमुख तत्वहरूको सामञ्जस्यताले भयरहित सुरक्षा वातावरण सिर्जना भई राष्ट्रिय हितको संरक्षण, संम्बद्र्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताए। भूमण्डलीकरण र सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको र परम्परागत सुरक्षा खतराहरूको साथै, जलवायु परिवर्तन, महामारी, साइबर थ्रेट, आतंकवादका परिष्कृत प्रवृत्ति जस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरू समेत क्रमिक रूपमा थपिने प्रधान सेनापति शर्माको भनाई छ।

तालिममा विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा  गैरसरकारी संस्थाका २९ प्रतिनिधिको सहभागिता थियो।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि