SamwadKhabar logo

               

विज्ञान प्रविधि

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

Pramila Bhujel

Pramila Bhujel

भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

चैत्र २१, काठमाडौं । भारतमा मन्दिरका लागि एक जना भक्तले कृत्रिम ‘रोबट हात्ती’ उपहार दिएकी छन् । क्यानाडाकी सङ्गीता अय्यरले नीलगिरी जिल्लामा अवस्थित देवशोला शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’ उपहार दिएकी हुन् ।

विशेषगरी हात्तीलाई हानी नपु¥याउने र कतिपय समयमा हात्तीले मन्दिरको मेलामा आउनेलाई रिसाएर आक्रमण गर्ने भएकोले सोको रोकथाम तथा मन्दिरमा हात्तीको प्रयोग गर्ने प्रचलन बन्द गर्न भारु १२ लाख बराबरको सो हात्ती उपहार दिएकी हुन् ।

‘रोबट हात्ती’ले वास्तविक हात्तीजस्तै पुच्छर, कान हल्लाउने, सुँडबाट पानी छर्कने र आँखा दायाँबायाँ गर्ने गर्दछ । भारतमा वास्तविक हात्तीलाई भगवान् गणेशको प्रतीकको रुपमा पूजा गर्ने प्रचलन छ । दक्षिण भारतको तमिलनाडु र केरला राज्यमा विभिन्न जात्रा र अन्य अवसरमा हात्ती प्रयोग गर्ने गरिन्छ । यी दुवै राज्यका रहेका केही मन्दिरमा हात्तीलाई कडा निगरानीमा तालिम दिएर पाल्ने समेत गरिएको छ । हात्तीलाई मानवको इच्छाअनुसार चल्नुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा विशेष गरी जात्राहरुमा विभिन्न बाजागाजाको ठूलो आवाजले हात्तीहरु अनियन्त्रित हुन जान्छ । जसले मानव हात्तीबीच द्वन्द्व सिर्जना गर्दछ । यस्ता गतिविधि, द्वन्द्व ननिम्त्याउन र हात्तीलाई हानी नपु¥याउने उद्देश्यले मन्दिर ‘रोबट हात्ती’ राखिएको हो ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

समृद्ध नेपाल निर्माण गर्न सूचना र प्रविधि महत्वपूर्ण आधार : मन्त्री शर्मा

समृद्ध नेपाल निर्माण गर्न सूचना र प्रविधि महत्वपूर्ण आधार : मन्त्री शर्मा

वैशाख २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र स…

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

वैशाख ३, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ …

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उ…

गुल्मीमा विद्युतीय गाडी संचालन

गुल्मीमा विद्युतीय गाडी संचालन

चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्…